नेबिसंघका दुई थरी गुण्डा बीच त्रिचन्द्र कलेजमा खुकुरी हानाहान,एकको हात च्वाट्टै छिन्यो



हाम्रो इकोनोमि

त्रिचन्द्र कलेजमा नेपाल विद्यार्थी संघका दुई पक्षबीच ग्याङ फाइट हुँदा एक विद्यार्थी गम्भिर घाइते भएका छन्।
विद्यार्थीहरुबीच भएको खुकुरी हानाहानमा परी म्यागी गुरुङ गम्भिर घाइते भएका हुन्। उनलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेका छ। पक्राउ पर्नेहरुमा अनिल तामाङ, सौरभ श्रेष्ठ र सहदेव नेपाल रहेका दरबारमार्ग प्रहरी वृतका डीएसपी दानबहादुर मल्लले जानकारी दिए।

विद्यार्थीहरुको समुहले घाइते गुरुङलाई लखेट्दै कमलादी क्षेत्र पुर्याएको थियो। उनलाई पुनः खुकुरी प्रहार गर्न लखेट्दै गरेको अवस्थामा सादा पोसाकमा रहेका प्रहरीले अभियुक्तहरुलाई नियन्त्रण लिएका थिए।

दुई पक्षीय झडप भएकोले घटनामा अन्य धेरै विद्यार्थीहरुसमेत सहभागी रहेको डीएसपी मल्लले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...