सक्कली लाइसेन्सको यस्तो धन्धा,यातायात र ट्राफिक पुलिसले एकै दिन ४ करोडको बिना ट्रायल यसरी बेचे लाइसेन्स



हाम्रो इकोनोमि

बस, ट्रक र लहरीको सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना ट्रायल बेचबिखन गर्ने यातायात व्यवस्था कार्यालय बागमतीका इन्जिनियर श्याम केसी फरार भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी महाशाखाका सई श्रीराम केसीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि इन्जिनियर केसी फरार भएका हुन्। आयोगले केसी भागेर भारत पुगेको निष्कर्षसहित उनलाई पक्राउ गर्न प्रक्रिया अघि बढाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग र यातायात कार्यालय बागमतीका अधिकारीको मिलेमतोमा प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म लिएर ट्रायल परीक्षामा अनुपस्थितलाई सवारी चालक अनुमतिपत्र वितरण गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेको हो।

आयोगको अनुसन्धानले लाइसेन्सको अवैध व्यापार मासिक कारोबार करोडौंमा हुने गरेको देखिएको छ। ट्राफिक महाशाखाका सई श्रीराम तिवारीसहित महाशाखाकै ट्राफिक जवान गणेश खड्का यसअघि नै पक्राउ परिसकेका छन्। तिवारीसहित यातायात कार्यालय बागमतीका खरिदार कमल स्याङ्तान र कार्यालय सहयोगीद्वय हरिबहादुर थापा र मिनबहादुर तामाङलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

यातायात व्यवस्था विभागले २०७५ बैशाख ३, १०, ११ र १९ गते चार दिनको नमुना परीक्षण गर्दा विचौलिया, ट्राफिक र यातायात कर्मचारीको यो समूहले ट्रायल परीक्षामा उपस्थित नभएका करिब ४ सय जनालाई सवारीचालक अनुमति पत्र दिएको खुलेको थियो। नमुना दिनको मात्र हिसाब गर्ने हाे भने प्रतिलाइसेन्स २ लाख रुपैयाँका दरले ४ सय जनाबाट ८ करोड रुपैयाँ असुलेको देखिन्छ।

‘पछिल्लो एक वर्षभन्दा बढी समयदेखि ट्रायल परीक्षामा सहभागी नभएकाहरुलाई रेर्कडमा राख्दै एफ र जी वर्गको लाईसेन्स वितरण भइरहेको छ, विस्तृत अनुसन्धान हुँदैछ,’ आयोगका एक सहसचिवले भने। उनका अनुसार दलालमार्फत यातायात र महाशाखाका अधिकारीसम्म मासिक मोटो रकम पुग्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

‘हिरासतमा रहेकाहरुले इन्जिनियर श्याम केसी र केही बिचौलियाको नाम लिएका छन्, यससँगै कार्यालय, यातायात विभाग र महाशाखाका अधिकारी समेत अनुसन्धानमा तानिने छन्,’ ती सहसचिवले भने।

आयोगबाट खटिएका अनुसन्धान अधिकारीले गत जेठ ४ मा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट विभागको अनुमतिपत्र परीक्षामा प्रतिनिधित्व गर्ने नायब निरीक्षक (सई) श्रीराम तिवारीलाई नियन्त्रणमा लिएपछि यातायात व्यवस्था कार्यालय एकान्तकुना र ट्राफिक महाशाखाको मिलमतोमा पछिल्लो एक वर्षभन्दा बढी समयदेखि भै रहेको ‘सक्कली लाईसेन्सको धन्दा’ सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...