बाँदरको डरले खेति गर्दैनन् तामाङ समुदाय
काठमाडौ । काठमाडौको जिल्लाको तारेभिर र सिन्धुपालचोक जिल्लाका निबुगाउँका अधिकाशं जग्गा बाझो रहेको छ । यो वर्ष मात्र नभइ त्यहाँका जग्गा प्राय बाझो नै रहने गरेका छन् ।
समथर भुभाग नभएपनि गाउँमा हुने मकै, कोदो रोपे उब्जाएको अन्नले एक वर्ष खान पुग्ने अन्न फल्ने अधिकांशको जग्गा छ । त्यो जग्गा बाझो नै रहेको देख्दा त्यहाँ काम गर्ने मान्छे नै छैन कि भन्ने लाग्छ । तर, त्यस्तो होइन रहेछ । बुझ्दै जाँदा त्यहाँ जङ्गली जनावरले साह्रै दःख दिने भएकोले अधिकांशको बाँझो रहेको पाइयो । यो समय गाउँमा मकै रोपेर गोड्ने समय हो । मकैले गर्दा बारी हरियाली हुनुपर्ने हो तर पनि बाझो जग्गाले गर्दा गाउँको रुप लै फुङ्ग उडेको देखिन्छ ।
गाउँको अधिकांश युवाहरु सहरमा ज्याला मजदुरी गरेका छन् भने गाउँमा रहेका महिलाहरुले भने कृषिज्याला मजदुरी गरेर आफ्नो जिविकापार्जन गरिरहेका छन् । उनीहरुको । त्यहाँ तामाङ समुदायको बाहुल्यता रहेको छ ।
बारीमा अन्न लगायो कि रातदिन सुत्न नपाउने भएकोले अधिकांशले खेति नगरेको त्यहाँका सामाजिक मेलमिलापकर्ता हर्क तामाङले जानकारी दिनुभयो । शिवपुरी राष्ट्रिय निकुञ्जको आसपासमा सो गाउँ रहेकोले त्यहाँ जङ्गली जनावर आवत जावत गर्ने गरेको छ । त्यहाँ बदेल, दुम्सी, चितुवा, बाँदरले दुःख दिगे गरेको छ । चितुवा बेलोबलामा आउने र गाइ, बाख्रा खाने गरेपनि बाँदरले चाहि अत्याधिक मात्रामा दुःख दिने गरेको छ । लगाएको बाली बाँदरले नष्ट गरिदिन्छ । त्यसले बालीसँगै आफ्नो मिहेनत खेर जाने भएकाले अहिले बाली लगाउन छाडेको अधिकांश गाउँलेको भनाइ छ ।
क्षति भएको अन्नको क्षतिपुर्ति राष्ट्रिय निकुञ्जले दिने भनेको छ तर त्यसको लागि झन्झटिलो प्रकृया भएका कारण क्षतिपुर्ति दाबि गर्न पनि प्रायः नजाने गरेका छन् । जानेहरुले पनि प्रकृया नपुगेको भन्दै धेरै दुःख पाउने गरेको बताएका छन् । क्षतिपुर्ति पाउनको लागि नोक्सान भएको बालीको फोटो खिचेर राख्नुपर्ने र नोक्सान भएको विवरण पेश गर्नेपर्ने रहेछ । त्यस्तो झन्झिटिलो काममा पर्नु भन्दा बरु नपर्नु नै राम्रानी मानी अधिकांशले खेति गर्न छाडेको त्यहाँ सामाजिक कार्यक्रम गरिराखेको राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका सदस्य सावित्रा चेपाङले जानकारी गाउनुभयो । सहभागितात्मक नारीवादी कार्यमूलक आयोजना अन्तर्गत अनुसन्धानले देखाएका तथ्यहरुको आदानप्रदान गर्ने कार्यक्रममा बोल्दै गर्दा सो कुरा पत्ता लागेको हो ।
अधिकाश तामाङ समुदायको बस्ती हरको सो क्षेत्रको विकासको लागि आफूहरु सक्दो लागिपरेको स्थानीय जनप्रतिनिधि गोमा दुलालले बताउनुभयो । यसै गरि त्यहाँको समस्या पहिचान भइसकेकोले समस्याको दिर्घकालिन समाधानको लागि सबै मिलेर उपाय निकाल्नुपर्ने र सोही अनुसार अगाडि बढ्नुपर्ने मञ्चका महासचिव कृष्णकुमारी वाइवाले बताउनुभयो । यसै गरि काठमाडौको गोकर्णेश्वर नगरपालिका ३ स्थित तारेभिरमा बसोबास गर्ने तामाङहरुको पनि स्थिति त्यस्तै रहेको छ । त्यहाँ तारेभिरको फेदमा तामाङहरुको बाहुल्यता रहेको छ । काठमाडौको नजिक भए पनि त्यहाँको जनजीवन दुरदराजको जस्तै रहेको छ । स्थानीय शिक्षक हर्कबहादुर तामाङका अनुसार त्यहाँका स्थानीयवासीको जग्गा कम रहेको छ ।
जग्गा कम भएकोले दैनिक हातमुख जोड्नको लागि ज्यालामजदुरी गर्नुपर्ने अवस्था रहेको छ । त्यहाँ घरेलु मदिरा निर्माण गरी महिलाहरुले आफ्नो घर व्यवहार चलाउने गरेका छन् । नागार्जुन राष्ट्रिय निकुञ्जले छोएको त्यस क्षेत्रमा पनि जंगली जनावरहरुले दुख दिने गरेको स्थानीयवासीहरुको कथन छ । वर्षभरी खान पुग्ने खाद्यान्न उब्जनी हुने नभएकोले खाद्य सुरक्षाको दृष्टिले कमजोर रहेको छ । त्यहाँ पर्यटकीय विकास गर्न सके त्यहाँ प्रशस्त संभावना देखिन्छ । होमस्टे कार्यक्रम सुचारु गर्न सके आर्थिक हिसाबले सबल हुन सकिने स्थानीयवासीहरुको ठम्याइ रहेको छ । मञ्चले महिलाको विभिन्न समस्यालाई उजागर गर्ने र त्यसलाई समाधानको बाटो पहल्यिाउने काम गर्दै आएको छ ।