कर्मकाण्डी बजेट आएको भन्दै यिनले यसरी गरे धुवाँदार बिरोध,नेकपाकै नेताले समर्थन गर्न सकेनन्



हाम्रो इकोनोमि

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा मंगलबार प्रस्तुत गरेको बजेटप्रति आलोचना व्यक्त गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बजेट विगतको निरन्तरतामात्र भएको बताएका छन्।

बजेटपछि संसद परिसरमा प्रतिक्रिया व्यक्त गर्दै शर्माले भने, ‘हामीले अपेक्षा गरेजस्तो बजेट आएको छैन। बजेट विगतको निरन्तरता जस्तै छ।’
उनले नयाँ कुरा खासै नआएको उल्लेख गर्दै यो बजेटको कार्यान्वयन कसरी हुन्छ, त्यसमा यसको औचित्य भर पर्ने बताए।

नेपाली काँग्रेसका युवा नेता गगन थापाले बहुमतको सरकारले तरंग ल्याउने गरि बजेट ल्याउला भन्ने सोचेपनि बजेटमा नयाँपन केही नदेखिएको प्रतिक्रिया दिएका छन्।
अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट संसदमा प्रस्तुत गरेपछि प्रतिक्रिया दिदै थापाले बहुमतको सरकारले जोखिम उठाएर पनि नयाँपन ल्याउने सोचेको तर बजेटले कुनै उत्साह नदिएको बताए।

सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ। अर्थमन्त्री खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गरेका छन्।पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले समेत बजेट प्रभाबकारी नभएको तर्क पेश गरे।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...