कर्मकाण्डी बजेट आएको भन्दै यिनले यसरी गरे धुवाँदार बिरोध,नेकपाकै नेताले समर्थन गर्न सकेनन्



हाम्रो इकोनोमि

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा मंगलबार प्रस्तुत गरेको बजेटप्रति आलोचना व्यक्त गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बजेट विगतको निरन्तरतामात्र भएको बताएका छन्।

बजेटपछि संसद परिसरमा प्रतिक्रिया व्यक्त गर्दै शर्माले भने, ‘हामीले अपेक्षा गरेजस्तो बजेट आएको छैन। बजेट विगतको निरन्तरता जस्तै छ।’
उनले नयाँ कुरा खासै नआएको उल्लेख गर्दै यो बजेटको कार्यान्वयन कसरी हुन्छ, त्यसमा यसको औचित्य भर पर्ने बताए।

नेपाली काँग्रेसका युवा नेता गगन थापाले बहुमतको सरकारले तरंग ल्याउने गरि बजेट ल्याउला भन्ने सोचेपनि बजेटमा नयाँपन केही नदेखिएको प्रतिक्रिया दिएका छन्।
अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट संसदमा प्रस्तुत गरेपछि प्रतिक्रिया दिदै थापाले बहुमतको सरकारले जोखिम उठाएर पनि नयाँपन ल्याउने सोचेको तर बजेटले कुनै उत्साह नदिएको बताए।

सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ। अर्थमन्त्री खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गरेका छन्।पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले समेत बजेट प्रभाबकारी नभएको तर्क पेश गरे।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...