ओली र प्रचण्डले उपेन्द्र संग सहमति गरे पछी ह्वात्तै बढ्यो शेयर,कर्मचारीको तलव पनि बढ्दै !



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी र संघिय समाजवादी फोरमबीच सहमति भएपछि सेयर बजार एकाएक बढेको छ ।

बजार खुल्नासाथ ओरालो लागेको नेप्से परिसूचक दुईदलबीच संविधान संसोधन गर्ने र फोरम सरकारमा सहभागी हुने कुरा बाहिर आएपछि बजार उकालो लागेको हो ।

नेप्से परिसूचक १३.३ अंकले बढेको छ ।

सेयर बजारमा राजनीतिको असर जहिले पनि पर्ने गर्छ ।

सरकारले आर्थिक वर्ष २०७५–२०७६ को बजेट मंगलबार सार्वजनिक गर्दैछ । आइतबार संसदबाट नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएपछि बजेट ल्याउन सरकारलाई बाटो खोलेको हो ।

बजेटले कुन समुदाय र कसलाई फाइदा पुर्याउला त भन्ने चासो पनि बढेको छ ।

विशेषगरी कर्मचारीको तलव बढ्छ कि बढ्दैन भन्ने चासो सर्वत्र छ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले भने निकै कुटनीतिक भाषामा तलव बढ्ने संकेत गरेका छन् ।

उनले भने, ‘यो सरकारले सबैलाई खुशी पार्छ, कर्मचारीको खल्तीमा पनि केही न केही पर्छ ।’

उनका अनुसार सबैलाई खुशी पार्न ओली नेतृत्वको सरकार प्रयत्नरत छ ।

कर्मचारीको तलव बढ्दा महंगी पनि संगसंगै जोडिएर आउने बताइन्छ । सरकारले अहिलेसम्म महंगी नियन्त्रण गर्न सकेको छैन । त्यसमाथि पनि महंगी बढायो भने यो दुर्भाग्य हुनेछ ।

सरकार–कर्मचारी छत्तीसको आँकडा
सरकारले कर्मचारीमाथि अनुदार नीति लिएसंगै दूरी बढेको छ । प्रशासनिक कामका लागि बिना कर्मचारी कुनै पनि काम अगाडि बढ्दैन ।

सरकार समृद्धिका लागि कामहरु अगाडि बढाउनु पर्नेमा छ भने कर्मचारी पनि  अहम् अंगमा पर्छन् । तर सरकारले कर्मचारीहरुलाई हेर्ने दृष्टिकोण फरक पारेको छ ।

स्वेच्छिक अवकास रोक्नु, कर्मचारीलाई जहाँ खटायो त्यही नगए जागिर छोडे हुन्छ भनेर धम्की दिनु, भनेको नमान्ने कर्मचारीहरु देशका दुस्मन हुन् भनेर भाषण ठोक्नुले दूरी बढ्दो छ ।

सबै कर्मचारी भ्रष्ट हुँदैनन् । भ्रष्टाचारी कर्मचारी कसैका लागि पनि प्यारो हुँदैन । तर कर्मचारीसंग साँठगाँठ गरेर भ्रष्टाचार गर्ने कुनै पनि नेता तथा मन्त्रिपरिषदको सदस्यलाई के गर्ने ?

सरकारले नीति एकथरी बनाउने अनि ब्यवहारमा लागु नगर्ने गर्दा देखाबटीमात्र देखिएको छ ।

त्यसपछि बढेको असहयोग नीतिले कसैलाई पनि फाइदा गरेको छैन । कर्मचारीले जनताले तिरेको करबाट तलव खाने हो र सरकारका मन्त्रीहरुले पनि जनताले पसिना खाने हुन् । तसर्थ दुवैले इमानदारी देखाउनु पर्नेछ ।

एकले अर्कालाई असहयोग गर्ने नीति बढ्यो भने देश विकास हुनु त परै जावस् फेरि जनता नै जाग्नुको विकल्प हुँदैन । तसर्थ ३६ को हैन समभावमा कर्मचारी र सरकार अगाडि बढ्नु जरुरी छ ।

समृद्धि र विकासका लागि पारदर्शी जरुरी छ । सरकारले कर्मचारीलाई पनि सोही नीति अन्तर्गत पारदर्शी बनाउने र आफू पनि बन्ने काम गर्यो भनेमात्र देशले प्रगति गर्छ ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...