मौरीपालनका लागि मौरी र घार वितरण



मौरी पकेट क्षेत्रका रुपमा परिचित पहाडी क्षेत्र कोराक र लोथरका किसानलाई व्यावसायिक मौरीपालनका लागि मौरी र घार वितरण गरिएको छ ।

राप्ती नगरपालिकाको आयोजनामा यहाँको पहाडी क्षेत्रका ३० किसानलाई करीब रु १४ लाखको अनुदानमा मौरी र घार वितरण गरिएको हो । नगरपालिकाले किसानलाई मौरीसहितको ११५ घार र १५० खाली घार वितरण गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पाँच जनालाई ८५ प्रतिशत अनुदानमा मौरीसहित ५५ घार वितरण गरिएको र राप्ती नगरपालिकाद्वारा ७५ प्रतिशत अनुदानमा १० किसानलाई ६० वटा मौरीसहितको घार वितरण गरिएको हो । मोरीपालन विस्तारका लागि यहाँका १३ किसानलाई १५० वटा मौरीको खाली घार वितरण गरिएको राप्ती नगरपालिका कृषि शाखाका बाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै आर्थिक सहभागिता रहने गरी रु ६६ हजार लगानीमा दुई किसानलाई मह मदानीसमेत वितरण गरिएको छ । राप्ती नगरपालिकामा व्यावसायिक रुपमा मौरीपालनमा लागेका २५० किसान छन् । यहाँ चार हजारभन्दा बढी मौरीका घार रहेको कोराक लोथर मौरी पकेट समितिका अध्यक्ष रामबाबु तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासायनिक मलको अभाव हुँदैन : कृषिमन्त्री साह

    कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालू आर्थिक वर्ष र आगामी

भुक्तानी नगरेको भन्दै दुग्ध किसानहरु धर्नामा

    दुग्ध विकास संस्थान (डीडीसी)ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु

दूधको बक्यौता भुक्तानी माग्दै विरोधमा उत्रिए किसान

    दूधको बक्यौता भुक्तानी माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरकेा छन्

अरुण तेस्रो जलविद्युतको सुरुङ मार्ग छिचोलियो

    संखुवासभामा बनिरहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य