यी हुन् काठमाडौँका तेल चोर पेट्रोल पम्प,कम तेल बिक्री गर्दै ठगी गर्ने पम्पमा शिलबन्दी



हाम्रो इकोनोमि

काठमाडौं उपत्यकाका अधिकांश पेट्रोल पम्पहरुले कम तेल बिक्री गर्दै उपभोक्तालाई ठगी गरेको पाइएको छ। आज बिहानदेखि उद्योग मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल गुणस्तर तथा नापतौल विभागको संयुक्त टोलीले गरेको अनुगमनका सिलसिलामा कम तेल बिक्री गरेको पाइएको हो।

नेपाल आयल निगम तथा पेट्रेलियम पदार्थको बिक्रीमा गुनासो बढेपछि अनुगमन गरिएको हो। अनुगमन आज दिनभर जारी रहने निगमले जनाएको छ।
अनुगमनका दौरानमा तोकिएको मापदण्डभन्दा कम तेल बिक्री गर्ने ३ वटा पेट्रोल पम्पलाई शिलबन्दी गरिएको छ। प्रशान्ती आयल डिस्ट्रिब्युटर्स, महालक्ष्मी पेट्रोल पम्पलगायत ३ पम्पका विरुद्ध ठगी मुद्दा दायर गरिने नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ।

त्यसबाहेक सामान्य मात्रामा मात्रै कम तेल बेचिएको पाइएका पम्पहरुलाई भने एकपटकका लागि चेतावनी दिएर छोडिएको उद्योग वाण्ज्यि तथा आपूर्ती मन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...