अब जग्गाको भाउ ओली सरकारले नै तोक्ने,एउटै जग्गा १ वर्षमा २ पटकभन्दा बढी किनबेच गर्न नपाइने



हाम्रो इकोनोमि

राष्ट्र बैंकको गभर्नर हुँदै घरजग्गा व्यवसायी माथि कठोर नीति लिएका डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि झन् कठोर भएका छन् ।
जग्गा प्लटिङ रोक्न खतिवडाले घरजग्गामाथि बजेटमार्फत् कठोर नीति अबलम्बन गर्न लागेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

घरजग्गा व्यवसायीहरुबाट हुने प्लटिङ रोक्ने खतिवडाको योजना छ । सामुहिक सहभागीता होस् भनेर अर्थमन्त्री खतिवडाले निश्चित मापदण्ड बनाएर बरु सहकारीलाई जग्गा प्लटिङ गर्न खुल्ला गर्नुपर्ने मनसा भएपनि निर्णय भने भइनसकेको बजेट निर्माणमा संलग्न अधिकारीहरुको भनाइ छ ।

अर्थमन्त्रीले सरकारले नै जग्गा प्लटिङ गरी बस्ती बसाउन सक्ने नीति अबलम्बन गर्नसक्ने अर्थका अधिकारीहरुको बताउँछन् ।
बजेटमार्फत नै सरकारले जग्गाको वर्गिकरण गर्ने तयारी गरिरहेको छ । यसरी सरकारले खेतीयोग्य वा औद्योगिक भनेर बर्गिकरण गरिएको जग्गा घडेरीका रुपमा बिक्री गर्न पाइने छैन । बजेटमार्फत सरकारले कुनै पनि जग्गा बर्षको १ वा २ पटकभन्दा बढि किनबेच गर्न नपाइने नीति लिँदैछ ।

त्यस्तै, घरजग्गाको कारोबार निरुत्साहित गर्नका लागि अर्थमन्त्रीले घरजग्गाको दर्ता शुल्क बढाउँदै छन् । अहिले जग्गा किनबेच गर्दा गर्दा रजिष्ट्रेशन शुल्क बढाउने भएको छ ।

त्यसैगरी, महानगरभित्रका जग्गाको सरकारी भ्यालुएसन पुनर्मूल्यांकन गर्ने र नगरपालिकाभित्र जग्गाको सरकारी भ्यालुएसन निर्धारण गर्ने भएको छ । नगरपालिकाभित्र पर्ने जग्गाको सरकारी मूल्य प्रतिरोपनी १ लाख रुपैयाँ बनाऊन लागिएको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...