सुन तस्करीको पैसा लगानी गरेर गोरेले गाजलु बुटिक संचालन गरेको खुल्यो यस्तो तथ्य,कसले चलाउथ्यो बुटिक?



हाम्रो इकोनोमि

३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य आरोपी चुडामणि उप्रेती गोरेले काठमाडौंको टोखामा बुटिकमा सञ्चालन गरेको खुलेको छ।

गोरेले २०७३ जेठ १८ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर गाजलु द बुटिक एन्ड पार्लर नामक कम्पनी सञ्चालन गर्दै आएको खुलेको हो। सुन तस्करी र हत्यामा प्रतिवादी रहेकी उनकी श्रीमती नर्बदा खरेल (निरु) र साली दुर्गा खरेलले सञ्चालन गर्ने उक्त बुटिकले नेपाल भित्र र नेपाल बाहिर अर्डरअनुसारका डिजाइनिङ कपडा आपूर्ति गर्दै आएको थियो।

बुटिकले दुबई, अष्ट्रेलिया र अमेरिकामा रहेका नेपाली र भारतीयलाई डिजाइन पोशाक आपूर्ति गर्ने गरेको देखिएको हो।

कम्पनी रजिष्ट्रारको कार्यालयमा १५०१९० दर्ता नम्बर रहेको सो बुटिक गाजलु द बुटिक एण्ड पार्लरमा दर्ता रहेको छ। कर कार्यालयमा समेत दर्ता रहेको उक्त बुटिक गोरेले सुन तस्करीबाट आर्जेको कालोधनलाई शुद्धिकरणका लागि प्रयोग गरेको हुनसक्ने अनुसन्धान अधिकारीहरु बताउँछन्।

गाजलु बुटिकले नयाँ सडकस्थित अस्मरा बुटिकबाट डिजाइन गरेका कपडा किनेर त्यसलाई मार्केटिङ गरी बेच्ने गरेको तथ्य देखिएको छ। सो बुटिक गोरेकी श्रीमती नर्बदा र साली दुर्गाको रेखदेखमा सञ्चालन हुँदै आएको थियो। अस्मरा बुटिककी सञ्चालक झापाकी टेरसा थापा हुन्। उनले फरार गोरेकी श्रीमती नर्बदा पनि फेसन डिजाईनर भएको बताइन्। ‘उनीहरुले मैले डिजाइन गरेका कपडा लगेर बेच्ने गरेका थिए’, उनले भनिन्।

सुन तस्करीको अनुसन्धानको चर्चा सुरु भएपछि नर्बदा र दुर्गा सम्पर्कमा नआएको उनको भनाइ छ। ‘हाम्रो बुटिकबाट कपडा लगेर बेचबिखन गर्दै आएका थिए। अरु हामीलाई केही जानकारी भएन’, उनले भनिन्।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...