सुन तस्करीको पैसा लगानी गरेर गोरेले गाजलु बुटिक संचालन गरेको खुल्यो यस्तो तथ्य,कसले चलाउथ्यो बुटिक?



हाम्रो इकोनोमि

३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य आरोपी चुडामणि उप्रेती गोरेले काठमाडौंको टोखामा बुटिकमा सञ्चालन गरेको खुलेको छ।

गोरेले २०७३ जेठ १८ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर गाजलु द बुटिक एन्ड पार्लर नामक कम्पनी सञ्चालन गर्दै आएको खुलेको हो। सुन तस्करी र हत्यामा प्रतिवादी रहेकी उनकी श्रीमती नर्बदा खरेल (निरु) र साली दुर्गा खरेलले सञ्चालन गर्ने उक्त बुटिकले नेपाल भित्र र नेपाल बाहिर अर्डरअनुसारका डिजाइनिङ कपडा आपूर्ति गर्दै आएको थियो।

बुटिकले दुबई, अष्ट्रेलिया र अमेरिकामा रहेका नेपाली र भारतीयलाई डिजाइन पोशाक आपूर्ति गर्ने गरेको देखिएको हो।

कम्पनी रजिष्ट्रारको कार्यालयमा १५०१९० दर्ता नम्बर रहेको सो बुटिक गाजलु द बुटिक एण्ड पार्लरमा दर्ता रहेको छ। कर कार्यालयमा समेत दर्ता रहेको उक्त बुटिक गोरेले सुन तस्करीबाट आर्जेको कालोधनलाई शुद्धिकरणका लागि प्रयोग गरेको हुनसक्ने अनुसन्धान अधिकारीहरु बताउँछन्।

गाजलु बुटिकले नयाँ सडकस्थित अस्मरा बुटिकबाट डिजाइन गरेका कपडा किनेर त्यसलाई मार्केटिङ गरी बेच्ने गरेको तथ्य देखिएको छ। सो बुटिक गोरेकी श्रीमती नर्बदा र साली दुर्गाको रेखदेखमा सञ्चालन हुँदै आएको थियो। अस्मरा बुटिककी सञ्चालक झापाकी टेरसा थापा हुन्। उनले फरार गोरेकी श्रीमती नर्बदा पनि फेसन डिजाईनर भएको बताइन्। ‘उनीहरुले मैले डिजाइन गरेका कपडा लगेर बेच्ने गरेका थिए’, उनले भनिन्।

सुन तस्करीको अनुसन्धानको चर्चा सुरु भएपछि नर्बदा र दुर्गा सम्पर्कमा नआएको उनको भनाइ छ। ‘हाम्रो बुटिकबाट कपडा लगेर बेचबिखन गर्दै आएका थिए। अरु हामीलाई केही जानकारी भएन’, उनले भनिन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...