सुन तस्कर गोरेले २७ पन्ने यस्तो दिए बयान,गोरेको बयानले मतियार बनाए पछी आजै यी दुई पूर्व आइजीपी कब्जामा पर्दै



हाम्रो इकोनोमि

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा तेस्रो दिन शुक्रवार पनि बयान सकिएन । औपचारिक भन्दा अनौपचारिक कुरामा रुमलिएको बयान शुक्रबारसम्म आइपुग्दा लगभग अन्त्यतिर आएको अदालत स्रोतले जानकारी दिएको छ ।

शुक्रबारसम्म गोरेले दिएको बयान २७ पेजमा उतारिएको छ । सो प्रकरणको मुख्य अभियुक्त मानिएका गोरेसँग शुक्रबार चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको र आइतबार बयान सकिने सम्भावना रहेको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी गराए । बयान सकिएपछि आइतबार नै थुनछेकको बहस प्रारम्भ हुने बताइएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि सुरु भएको गोरकोे बयान २७ पृष्ठमा पुगेको हो ।

बन्द इजलासमा बयान भइरहेका कारण बयानका बारेमा कुनै पनि कुरा अदालतले सार्वजनिक नगरेको स्रेस्तेदार गौतमले जानकारी दिए । उनले विभिन्न सञ्चार माध्यममा गोरेले बयानमा भनेको भन्दै अनेक खालका समाचारहरू सम्प्रेषण भइरहेको बारेमा अदालतको ध्यानाकर्षण भएको बताएका छन् । ‘सञ्चारमाध्ययममा आएका समाचारबारे हाम्रो ध्यानाकर्षण भएको छ’ उनले भने, ‘बयानको विषयमा अदालतले हालसम्म केही पनि सार्वजनिक गरेको छैन ।’

यसैबीच, विमानस्थलबाट भएको ३८ सय केजी सुन तस्करी गिरोहमा आबद्ध थप दुई जना पक्राउ परेका छन् । गृह मन्त्रालयको विशेष छानबिन समितिले दुई जनालाई पक्राउ गरी शुक्रबार नै जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको छ । पक्राउ पर्नेहरूमा हुन्डी कारोबारी मदन सिलवाल र तस्करी समूहमा आबद्ध फाल्दुन भनिने लक्षु गुरुङ छन् ।

नयाँ बसपार्कमा मयुर मनि ट्रान्सफरबाट उनले दुबईबाट तस्करी गरेर ल्याइने सुनको हुन्डीमार्फत भुक्तानी दिन सघाउने गरेको आरोप लगाइएको छ । त्यस्तै, पक्राउ परेका फाल्दुन भुजुङ गुरुङका चालक हुन् । भुजुङ यसअघि नै पक्राउ परी जेल चलान भइसकेका छन् । राप्रपा (प्रजातान्त्रिक)का नेता समेत रहेका भुजुङ पञ्चायतकालदेखि सुन तस्करीमा संलग्न व्यक्ति हुन् ।

सुन तस्करीको बेला फाल्दुनलाई पनि उनले प्रयोग गर्दथे । समितिसँगको बयानमा उनले सुन तस्करीको बेला आफूलाई ‘स्कर्टिङ’ गर्न प्रयोग गरिने बताएका छन् ।

३३ किलो सुन तस्करी र त्यससँग जोडिएको सनम हत्या प्रकरणमा पुर्व आईजीपी प्रकाश अर्याल पनि तानिएका छन । सो प्रकरणमा मंगलबार पक्राउ परेका चुडामणी उप्रेती गोरेले अर्यालको पनि संलग्नता भएको भन्दै नाम पोलेको उच्च स्रोतको दाबी छ । गोरेले जिल्ला अदालत मोरङमा दिएको बयानमा तस्करीको सुन ल्याउन माथिल्लो तहसम्म सेटिङ रहने गरेको बताएका हुन् ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको बन्द इजलासमा जारी प्रारम्भिक बयानमा उनले नाम उल्लेख नगरी तत्कालिन प्रहरी महानिरीक्षक प्रकाश अर्यालको संलग्नता रहेको खुलाएका हुन् । उनले राप्रपा प्रजातान्त्रिकका नेतासमेत रहेका भुजुङ गुरुङले प्रहरी प्रमुखसँग भनेर विमानस्थलबाट सेटिङ गर्ने गरेको उल्लेख गरेको स्रोतले जानकारी दिएको छ ।

पहिलो दिनको बयानका क्रममा गोरेले सुरुवातमा आफ्नो जिवन, दुबई बसाईको अनुभव, त्यहाँबाट कसरी सुन तस्करीमा संलग्न भएको र पछिल्लो काण्डका केही अंश मात्र सकाएका छन् । यद्यपि उनले बयान दिने क्रममै पटकपटक आफू सनम शाक्यको हत्याकाण्डमा संलग्न नभएको बताउँदै आएका छन् ।

पहिला प्रक्राउ परेका सबैले मलाई फसाएका मात्र हुन्, सनमको हत्यामा मुख्यरूपमा भारतिय नागरिकहरू संलग्न रहेको उनको भनाइ छ । स्रोतका अनुसार गोरेले सुनमा नेपालका केही व्यवसायी र अधिकाशं भारतियकै लगानी रहेको बताएका छन् । उनले दुबईबाट भने मुख्य लगानीकर्ताका रूपमा दाउद इब्राहिम रहेको र उनको जालोमा अरू को को नेपाली र भारतीय छन् भनेर फरार एसएसपी श्याम खत्रीलाई मात्र थाहा भएको बयान दिएका छन् । श्रोतका अनुसार अर्याललाई आजै सुन समितिले कब्जामा लिदैछ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...