३३ किलो सुन काण्डमा मतियार एसएसपी खत्री र बाजेको सेकुवाका साहु सहितका यी सात जना बिरुद्ध रेड कर्नर नोटिस



हाम्रो इकोनोमि

३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीसहित ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार गायब भएको साढे ३३ केजी सुनका लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएका सुनिल अग्रवाल, मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भण्डारी, हरिशरण खड्का र छिरिङ बाङ्गेल गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो ।

एसएसपी खत्रीले तस्करीमा प्रहरीको व्यवस्थापनको जिम्मा लिएको अनुसन्धानबाट खुलासा भएको छ । ३३ किलो काण्डका मुख्य अभियुक्त गोरेले अनुसन्धानको क्रममा एसएसपी खत्रीलाई पक्राउ गरे सबै रहस्य सार्वजनिक हुने बताएक थिए । गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले एक लाख धरौटीमा छाडेका खत्रीलाई १७ नम्बरको निबेदन उपर बिचार गर्दै साधारण तारेखमा छाडेपनि उनले जागिर जोडेका थिए ।

‘उनीहरु भागेर नेपाल बाहिर गएको सूचना हामीलाई प्राप्त भएको छ । कतिपय अभियुक्त भारतमा लुकेर बसेको सुराकी आएको छ’, घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिका स्रोतले भन्यो, ‘हामीले भारतको प्रहरी युनिटसँग समेत समन्वय गरिरहेका छौं ।’सुन तस्करका भरिया उर्लाबारीका सनम शाक्यको हत्या भएपछि तस्करीको साढे ३३ केजी सुन गायब भएको रहस्य सार्वजनिक भएको थियो । र, त्यस विषयमा छानबिन गर्न सरकारले उच्च स्तरीय अनुसन्धान समिति गठन गरेको थियो ।

समितिको अनुसन्धानका क्रममा समितिको उनीहरुको समूहले चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको छ । त्यस आधारमा दुई जना बहालवाला एसएसपीसहित ९ प्रहरी अधिकारीसहित ६५ जनाविरुद्ध मुद्दा दायर भएको थियो । प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ गत मंगलबार पक्राउ परेका थिए । जिल्ला अदालत, मोरङमा उनको बयान लिने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...