गोरेको बयानपछि समातिए तत्कालीन एमालेका स्थानीय नेता, ३३ किलो सुन काण्डमा नेता तानिने क्रम सुरु



हाम्रो इकोनोमि

तस्करीको ३३ किलो सुन सनम शाक्य हत्या  प्रकरणमा नेपाल कम्युनिष्ट पार्टीका मोरङका स्थानीय नेतालाई पक्राउ  परेका छन्। मोरङको उर्लाबारीका  तत्कालीन  एमालेका नेता रेवत आचार्यलाई बिहीबार राति  पक्राउ गरिएको  प्रहरीले जनाएको छ।

यो प्रकरणका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई पक्राउ गरिएको हो।

पक्राउ परेका आचार्यलाई थप अनुसन्धान गरेर प्रहरीले अदालतमा पेश गर्नेछ।

आचार्य सुन व्यवसायी पनि हुन्। उनको उर्लावारी ६ मा सिद्धदेवी सुन पसल छ।

जिल्ला अदालत मोरङमा गोरको बयान बुधबारदेखि जारी छ। सुन प्रकरण अदालतले एसएसपीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...