इन्धनको मूल्य फेरी बढ्दै,विश्व बजारमा इन्धनको मूल्य बढेर प्रतिव्यारेल ८० डलर पुग्यो



इरान र अमेरिकाबीच विवाद बढ्दो छ । विवाद बढेसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति व्यारेल ८० अमेरिकी डलर पुगेको छ । पछिल्लो ६ महिनामा मात्रै इन्धनको मूल्य ३० अमेरिकी डलरले बढेको छ । सामान्यता एक व्यारेलमा १५९ लिटर हुन्छ ।

अमेरिका र विश्व समुदायले इरानसँग गरेको आणविक सम्झौताबाट एकल रुपमा अमेरिका बाहिरिएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य एकाएक बढेको हो ।

इरानले तेल निर्यात बन्द गरेको छ । आफ्नो सार्वभौम सत्तामाथि अमेरिका हावी हुन खोजेको र विगतको सर्वपक्षीय सम्झौताबाट भागेको भन्दै इरानले तेल निर्यात बन्द गरेको जनाएको छ । तेल उत्पादनक राष्ट्रहरुको संगठन(ओपेक)को महत्वपूर्ण सदस्यका रुपमा इरान छ । भारतलगायत दक्षिण एसियाली मुलुकमा आउने इन्धनको प्रमुख स्रोतको रुपमा इरान हो ।

भारतमा आयात हुने कूल इन्धन मध्ये ७० प्रतिशत बढी इन्धन इरानबाट आयात हुन्छ । साउदी अरब र इरानबीच पनि राम्रो सम्बन्ध छैन । तर कतारसँग भने इरानको सम्बन्ध सुधार हुँदै गएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै भारतमा समेत बिहिबारदेखि इन्धनको मूल्य वृद्धि गरिएको छ । भारतमा मूल्यवृद्धि भएपछि त्यसको प्रभाव नेपालमा स्वत नै पर्ने देखिएको छ ।

पछिल्लो मूल्य सूची अनुसार भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेर प्रतिलिटर ८५ रुपैयाँ २९ पैसासम्म पुगेको छ ।
यो मुम्बइको मूल्य हो । इन्डियन आयल कर्पोरेशनकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा इन्धनको मूल्य प्रतिलिटर ७७ रुपैयाँ ४७ पैसा भारु पुगेको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगामी जुन १ मा इण्डियन आयल कर्पोरेशन लिमिटेडले नयाँ मूल्य सूची पठाउनेछ । सो मूल्यसूची आए लगत्तै नेपालमा समेत इन्धनको मूल्यवृहि हुने देखिएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ रहेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्