इन्धनको मूल्य फेरी बढ्दै,विश्व बजारमा इन्धनको मूल्य बढेर प्रतिव्यारेल ८० डलर पुग्यो



हाम्रो इकोनोमि

इरान र अमेरिकाबीच विवाद बढ्दो छ । विवाद बढेसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति व्यारेल ८० अमेरिकी डलर पुगेको छ । पछिल्लो ६ महिनामा मात्रै इन्धनको मूल्य ३० अमेरिकी डलरले बढेको छ । सामान्यता एक व्यारेलमा १५९ लिटर हुन्छ ।

अमेरिका र विश्व समुदायले इरानसँग गरेको आणविक सम्झौताबाट एकल रुपमा अमेरिका बाहिरिएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य एकाएक बढेको हो ।

इरानले तेल निर्यात बन्द गरेको छ । आफ्नो सार्वभौम सत्तामाथि अमेरिका हावी हुन खोजेको र विगतको सर्वपक्षीय सम्झौताबाट भागेको भन्दै इरानले तेल निर्यात बन्द गरेको जनाएको छ । तेल उत्पादनक राष्ट्रहरुको संगठन(ओपेक)को महत्वपूर्ण सदस्यका रुपमा इरान छ । भारतलगायत दक्षिण एसियाली मुलुकमा आउने इन्धनको प्रमुख स्रोतको रुपमा इरान हो ।

भारतमा आयात हुने कूल इन्धन मध्ये ७० प्रतिशत बढी इन्धन इरानबाट आयात हुन्छ । साउदी अरब र इरानबीच पनि राम्रो सम्बन्ध छैन । तर कतारसँग भने इरानको सम्बन्ध सुधार हुँदै गएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै भारतमा समेत बिहिबारदेखि इन्धनको मूल्य वृद्धि गरिएको छ । भारतमा मूल्यवृद्धि भएपछि त्यसको प्रभाव नेपालमा स्वत नै पर्ने देखिएको छ ।

पछिल्लो मूल्य सूची अनुसार भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेर प्रतिलिटर ८५ रुपैयाँ २९ पैसासम्म पुगेको छ ।
यो मुम्बइको मूल्य हो । इन्डियन आयल कर्पोरेशनकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा इन्धनको मूल्य प्रतिलिटर ७७ रुपैयाँ ४७ पैसा भारु पुगेको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगामी जुन १ मा इण्डियन आयल कर्पोरेशन लिमिटेडले नयाँ मूल्य सूची पठाउनेछ । सो मूल्यसूची आए लगत्तै नेपालमा समेत इन्धनको मूल्यवृहि हुने देखिएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ रहेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...