मोदीका लागि जनकपुरमा २० लाख खर्च गरेर बनाइएको शौचालय जनकपुर उपमहानगरपालिकाको कर्मचारीले लगे, उपमेयर रितादेवी मिश्र नै बेखबर



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारीका क्रममा भएको खर्च प्रदेश सरकारले हालसम्म सार्वजनिक गर्न सकेको छैन । गत वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी जनकपुर भ्रमणमा आएर फर्किएको दुई साता भइसक्दा पनि प्रदेश सरकारले गरेको खर्च विवरण सार्वजनिक गर्न सकेको छैन ।

प्रदेश सरकारले उक्त भ्रमणको व्यवस्थापन तथा संयोजनको जिम्मेवारी लिएको थियो । त्यसका लागि मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा २ हजार ६ सय सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो भने सरकारका विभिन्न मन्त्रीहरू संयोजक रहने गरी विभिन्न उपसमितिहरू पनि गठन गरिएको थियो ।

भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा गठन भएको १० सदस्यीय मञ्च व्यवस्थापन समितिले मात्रै साढे दुई देखि ३ करोड रुपैयाँसम्म खर्च भएको जनाएको छ । मोदीको लागि बनाइएको मञ्च तथा पन्डालका लागि मात्रै १ करोड ३४ लाख रुपैयाँ भूक्तानी भएको उक्त मन्त्रालयले जनाएको छ ।

वीरगञ्जस्थित बाणिज्य दूतावासकै पहलमा भारत बिहारको मोतिहारिका मनोज कुमार राज एण्ड कम्पनीलाई ठेक्का दिएर उक्त रकम भुक्तानी समेत गरिसकिएको उक्त मन्त्रालयका लेखा अधिकृत दिनेश पण्डितले लोकान्तरलाई जानकारी दिए । उनले भने, ‘वीरगञ्जस्थित बाणिज्यदूताबासको कार्यालयकै पहलमा भारतीय कम्पनीलाई उक्त ठेक्का दिइएको थियो, मोदीको भ्रमणका क्रममा बिहारमा समेत ती कम्पनीले यस अघि पनि मञ्च बनाउने काम गरेकाले उनलाई ठेक्का दिइएको थियो ।’

शौचालयमा कर्मचारीको आँखा !

रंगभूमि मैदानमा शौचालय बनाउनका लागि २० लाख जति खर्च भएको उनले बताए । जीके कन्स्ट्रक्सनका ज्ञानेन्द्र झालाई दिइएको उक्त ठेक्का अनुसार बिभिन्न आठ ठाउँमा अस्थायी शौचालय बनाउनुका साथै ३८ वटा युरिनल बनाइएको उनले बताए । मन्त्रालयका प्राबिधिक डीई संजय साहका अनुसार मोदीले भाषण गरेको मञ्चमा भीआइपी शौचालय बनाइएको थियो । यसका साथै पहिलेदेखि नै रंगभूमि मैदानमा बनाइएको तर सुचारु नभएको दुई वटा शौचालयलाई मरम्मत सम्भार गरेर पुनः संचालनमा ल्याइएको भए पनि मोदी फर्किएपछि सुचारु गरिएको छैन । मन्त्रालयका एक प्राविधिकका अनुसार भीआईपीको लागि बनाइएको शौचालय र अन्य अस्थायी शौचालयका सेट जनकपुर उपमहानगरपालिकाको कर्मचारीले लगेका छन् ।

उपमहानगरपालिकाकी उपमेयर रितादेवी मिश्रले मोदीको स्वागतका क्रममा बनाइएका शौचालय केही उपमहानगरपालिकाका कर्मचारीले ल्याएको र केही प्रदेश सरकारका मन्त्रालयले लगेको बताइन् । उनले शौचालयका सामाग्री कहाँ छ बुझ्नुपर्ने बताइन् ।

उपमहानगरपालिकाको सफाई शाखाका प्रमुख ललन कर्णले भीआइपी र अस्थायी शौचालयका सामान स्थानीयले घर लान थालेपछि आफूले ती सामान ल्याउन लगाएको बताए ।  कति सामान आए कति आएनन् भन्ने बारे जानकारी नभएको बताए । तर मन्त्रालयका एक प्राविधिकले भने शौचालयका सामाग्री मन्त्रालय र उपमहानगरका कर्मचारीले लगेको दाबी गरे ।

खर्चको हिसाबकिताब नै छैन 

रंगभूमि मैदानमा ग्राभेल खसाउनका लागि जनकपुरको चौधरी कन्स्ट्रक्सनका दिपेन्द्र ठाकुरसंग १ करोड रुपियाँमा सम्झौता गरिएको प्राबिधिकले बताए । उनका अनुसार ६ सय ५ ट्रीप टिप्पर ग्राभेल खसाईएको थियो । साढे दुई लाखदेखि ३ लाखसम्म इन्धनमा मात्रै खर्च भएको छ,लेखा अधिकृत पण्डितले भने, ‘बर्दिबासदेखि ढल्केबरसम्म र जनकपुर शहरमा बिभिन्न पोलहरूमा नेपाल भारतको संयुक्त झण्डा र मोदीलाई स्वागत गर्ने ब्यानर झुण्डयाउनका लागि मात्रै सन्तोष कुमार राउतलाई १ लाख ७५ हजार र रोशन मिश्रलाई ९७ हजार रुपियाँको सम्झौता भएको छ’ ४ हजार झण्डा र ३ हजार ब्यानर बनाइएको थियो ।

यसका अतिरिक्त जनकपुर विमानस्थलदेखि मोदीको सबारी रूटमा पर्ने बिभिन्न स्थानहरूमा मिथिला संस्कृति झल्काउने झाँकी प्रदर्शनका लागि जनकपुरको नाट्य संस्था रंगदर्पणलाई १ लाख रुपियाँ भौतिक पूर्वाधार मन्त्रालयले प्रदान गरेको छ ।

रितेश पाटलीको अगुवाईमा २० जना कलाकारहरूको टोली त्यसमा खटिएका थिए । रंगभूमि मैदानमा आयोजित सांस्कृतिक कार्यक्रमका लागि स्थानीय मिथिला नाट्य कला परिषद (मिनाप) लाई २० हजार प्रदान गरिएको थियो । भौतिक पूर्वाधार मन्त्रालयले अन्य फुटकर काममा १५ देखि २० लाख रुपियाँसम्म खर्च गरेको बताइएको छ ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वमा गठित ५ सदस्यीय सरसफाइ तथा स्वागतद्वार समितिले स्वागतद्वार निर्माणमा ६ लाख ५० हजार रुपियाँ खर्च गरेको छ । उक्त मन्त्रालयका एक जना उपसचिवले लोकान्तरलाई दिएको जानकारी अनुसार प्रदेशका बिभिन्न जिल्ला र जनकपुर शहरमा कुल ८६ वटा स्वागतद्वार बनाईएको थियो । यसका अतिरिक्त उक्त मन्त्रालयले कुल १५ सय भेस्ट समेत वितरण गरेको थियो । भेस्टमा मात्रै ३ लाख २५ हजार रुपियाँ खर्च भएको उनले बताए । सरसफाईमा १ लाख ७५ हजार रुपियाँ खर्च भएको उनले बताए ।

जनपरिचालनमा ८८ लाख खर्च, सर्वसाधारणले पानी पनि पाएनन् !

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहको संयोजकत्वमा गठन भएको ११ सदस्यीय जनपरिचालन समितिले जनपरिचालनमा मात्रै ८८ लाख जति रुपियाँ खर्च गरेको छ । मन्त्री साहले लोकान्तरसंग भने, ‘प्रदेशका आठवटै जिल्ला बाट सर्बसाधारणलाई ल्याउनका लागि कुल ३० वटा जति बस भाडा गरिएको थियो । सबै मानिसलाई बसमै खाना,खाजा, नास्ता र पानीको समेत ब्यबस्था गरिएको थियो ।’ तर, मोदीको कार्यक्रममा उपस्थित भएका सर्वसाधारणले भने विहानै देखि एकथोपा पानी पिउन र खाजा, खानासमेत नपाएको भन्दै आक्रोश पोखेका थिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ५ सदस्यीय सुरक्षा समितिले पनि मोदी भ्रमणका क्रममा ४ लाख जति खर्च गरेको मन्त्री यादवका स्वकीय सचिब महेश यादवले बताए । भ्रमणको सुरक्षाका लागि शहरका बिभिन्न स्थानहरूमा कुल ४४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको थियो । क्यामेराको भाडा तिरिएको थियो भने त्यसका लागि आबश्यक पर्ने १६ क्वाइल तार किनिएको यादवले बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश यादवको संयोजकत्वमा १३ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिएको थियो । उक्त समितिले पनि रकम खर्च गरेको छ । ती सबै समितिहरूमा सम्बन्धित मन्त्रालयका सचिवहरू सदस्य सचिव रहेका थिए भने प्रदेश सभाका सांसदहरू सदस्य थिए ।

मोदी भ्रमणमा भएको खर्चमा ब्यापक अनियमितता भएको नगरबासीले आशंका गरेका छन् । प्रदेश सरकारले उक्त रकम सार्बजनिक गर्नुपर्ने आबाज उठिरहेको छ । ती समितिका सदस्यहरूले नै खर्च बिबरणमा आपत्ति जनाइरहेको एक सांसदले लोकान्तरलाई बताए । गठित समितिका सदस्यको नै खर्च बिबरणमा चित्त बुझेको छैन, उक्त समितिले खर्चको अनुमोदन गर्न मानिरहेको छैन, समितिमै बिबाद भईरहेको छ, ती सांसदले लोकान्तरलाई भने ।

तत्काल ती खर्च सम्बन्धित समितिले सम्बन्धित मन्त्रालयको बजेटबाट खर्च गरेको छ भने पछि संघीय सरकारले निकासा दिएपछि सोधभर्ना गर्ने गरि खर्च मिलाउने कुरा प्रदेश सरकारले मन्त्रिपरिषदको बैठकबाट निर्णय गरेको थियो । लोकान्तरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय

२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो

निर्माण कम्पनीहरुको रकम दशैं अगाडि भुक्तानी हुन्छ : अर्थमन्त्री

    अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं

सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट