प्रधानमन्त्री ओलीले झोला भरी पैसा दिनुहुन्छ भन्दै नेकपाका यी सांसदले कांग्रेसीलाई हाने यस्तो झटारो



हाम्रो इकोनोमि

बाग्लुङ १ बाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद सूर्यप्रसाद पाठकले नीति तथा कार्यक्रमको आलोचन गर्ने सांसदलाई जेठ १५ गते झोला बोकेर आउन सुझाव दिएका छन्।

‘यहाँ केही साथीहरु नगदमा हिसाब खोजिरहनुभएको छ’, बिहीबार संसदमा बोल्दै पाठकले भने, ‘म स्पष्ट पार्न चाहन्छु– जेठ १५ गते दह्रै झोला बोकेर आउनुहोला, अर्थमन्त्रीले केही नगद हालेर पठाइदिनुहुन्छ। त्यही नगद लिएर जनताको बीचमा जानुहोला। तपाईंको पनि शिर उच्च हुनेछ।’

पाठकले २०४८ सालमा विश्वेश्वरप्रसाद कोइरालाको समाजवादी नीतिलाई डस्टबिनमा फाल्नेहरुले आज समाजवादको कुरा गरिरहेएको भन्दै आलोचना गरे। ‘मैले होइन बिपीका अनुयायीहरुले प्रश्न सोधिरहेका छन्’, उनले भने, ‘बिपीको समाजवादी नीतिलाई डस्टबिनमा किन फालियो? जवाफ कसले दिने हो?’

पाठकले बिपीको समाजवादी सपनालाई डस्टबिनबाट उठाएर समाजवादी नीतिलाई प्राथमिकता दिएकोमा सरकारलाई धन्यवाद दिन आग्रह गरे। ‘प्रतिपक्षी साथीहरुले बिपीलाई सम्मान गर्नुहुन्छ भने यो नीति तथा कार्यक्रमलाई सम्मान गर्न अप्ठ्यारो मान्नुपर्दैन’, उनले भने।

‘यो नीति तथा कार्यक्रम जनताको हातमा थमाइएको बाउन्स चेक होइन। आजका प्रतिपक्षी साथीहरुले दर्जनौं पटक सरकार चलाउनुभयो तर बाउन्स चेकमात्रै थमाउनुभयो। साट्न जाँदा पैसै छैन’, पाठकले भने।

उनले जनताको बीचमा गरेका कबुलहरु पूरा गर्ने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...