गृहमन्त्री नै घरजग्गा कारोवारी! रेष्टुरेन्टका मालिक



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापा शोषित पिडित जनताको मुक्तिका लागि विगतमा १० वर्षे सशस्त्र विद्रोहमात्र होइन घरजग्गा कारोबारी र होटल व्यवासायी पनि रहेको खुलासा भएको छ।

विद्यमान कानुन बमोजिम सरकारका प्रधानमन्त्री, मन्त्री लगायतका पदाधिकारीहरुले सार्वजनिक पद धारण गरेपछि सार्वजनिक गर्नु पर्ने आफ्नो व्यक्तिगत सम्पत्ति विवरणमा विघटित नेकपा माओवादी केन्द्रका नेता घर जग्गा व्यवसायी पनि भएको तथ्य बाहिर आएको हो।

सिन्डीकेट र विचौलियाको सातो काड्ने उद्घोष गर्दै केहि सुधारका काम सुरु गरेका गृहमन्त्री थापाले मन्त्रिपरिषद कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उनले आफूसँग भएको नगद ३ लाख रुपैयाँ पार्टनरसिपमा चलाएको घरजग्गा र रेष्टुरेन्ट व्यवसायबाट कमाई गरेका हुन्।

उनकी श्रीमती नैनकला थापाको नाममा ६० हजार रुपैयामा खरिद गरेको घरजग्गा, भरतपुरमा १ लाख रुपैया बराबरको पेवा रकमबाट खरिद गरेको जग्गा र ६ तोला सुन रहेको छ।

गृहमन्त्री थापाको नाममा ५ लाख नगद बैंक व्यालेन्स एभरेष्ट बैंकमा रहेको छ। जुन उनले सांसद हुँदा पाएको तलब भत्ता स्वरुप जम्मा भएको हो।

श्रीमतीको नाममा अपर तामाकोशीमा १४६ कित्ता शेयर राष्ट्रिय महिला आयोगको अध्यक्ष हुँदा कर्मचारी संचय कोषबाट कट्टागरी लिइएको उल्लेख छ।

सवारी साधनको नाममा माओवादी पार्टीका नाममा रहेको एउटा गाडी तथा दुई वटा कुकुरका भाले र पोथी भएको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...