गोरेले सनमको हत्या नगरेको दिए यस्तो बयान,भिडियो देखाउन दिइएन,२८ अभियुक्तलाई क्षेत्रीय कारागारमा सारियो



हाम्रो इकोनोमि

सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)ले शनम शाक्यको हत्या आरोप अस्वीकार गरेका छन् ।

बुधवार जिल्ला अदालत मोरङमा बयान दिँदै गोरेले सनमको हत्या आफूले नगरेको बताएका हुन् ।

सनमलाई यातना दिइ मारिएको ठाउँको बारेमा आफूलाई जानकारी भएपनि सनमको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको गोरेको भनाइ छ ।

गोरेले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका तथा फरारको सूचीमा रहेका अभियुक्तमध्ये केहीलाई मात्र आफूले चिनेको अदालतसमक्ष बयान दिएका छन् ।

भिडियो देखाउन खोज्दा वकिलको अवरोध

गोरेले आफ्नो बयानका क्रममा सनम शाक्यको हत्यामा आफ्नो संलग्नता नरहेको बताएपछि अभियोजन पक्ष (सरकारी वकिलको कार्यालय)ले सबूत प्रमाणको रुपमा पेश गरेकाे भिडियो देखाउन खाेजिएकाे थियाे । गोरेले मृतक सनम शाक्यसहित अन्य २ जनालाई दिएको यातनाको भिडियो देखाउन खोज्दा भने प्रतिवादी गोरेका पक्षका वकिलले अबरोध गरे ।

न्यायाधीशको अनुमतिमा भिडियो देखाउन खाेजिएकाे थियाे । तर गोरेको पक्षबाट बहस गर्ने भनेर उपस्थित भएका अधिवक्ता यमबहादुर थापा मगरले भिडियो देखाउन दिएनन् ।

अधिवक्ता मगर प्रतिवादमा उत्रिए पछि देखाउन खोजिएको भिडियो बन्द गरिएको थियो ।

३८ सय किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाइएका २८ जना अभियुक्तलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार लगिने भएको छ।

जिल्ला अदालत मोरङले मंगलबार एसएसपी दिवेश लोहनी, पूर्व डिआइजी गोविन्द निरौलासहित २८ जनालाई मंगलबार पुर्पक्षको लागि जिल्ला कारागार मोरङ लैजान आदेश दिएको थियो। तर, कारागारमा ठाउँको अभाव भएपछि उनीहरुलाई क्षेत्रीय कारागार झुम्का लैजान लागिएको हो।

अदालतको आदेश आएपछि उनीहरुलाई झुम्का लगिनेछ। अर्को कारागारमा सार्नुपर्दा अदालतको स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ।

मोरङ कारागारमा ठाउँ नहुँदा २८ जनालाई नै हालसम्म जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। मंगलबार पक्राउ परेका चुडामणि उप्रेती ‘गोरे’ लाई वडा प्रहरी कार्यालय पोखरियामा राखिएको थियो। अदालतमा उनको बयान आजबाट सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...