दरबारमार्ग बलात्कार काण्डका नायकलाई हालियो जेल,नेकपाका नेताका छोरा समात्ने योजनाले यसरी खायो फेल



दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतले कार्कीलाई पूर्पक्षका थुनामा राखेर कारवाही अघि बढाउन आदेश गरेको हो। कार्कीलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको छ।

अदालतमा सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश भिष्मराज प्रसाईंको एकल इजलासले कार्कीलाई पुर्पक्षका लागि थुनामा राखेर कारवाही अघि बढाउन आदेश गरेको हो। काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार कृष्ण नेपालले प्रतिवादी बनाइएका अन्य तीनलाई समेत पक्राउ गरेर उपस्थित गराउन आदेश भएको नेपालखबरलाई बताए।

‘प्रहरीले उपस्थित गराएका एक जना शैलस कार्कीलाई पूर्पक्षका लागि थुनामा राखेर कारवाही अघि बढाउने आदेश भएको छ, अन्यका हकमा कानून बमोजिम हुनेछ।’, श्रेष्तेदार नेपालले भने। अदालती प्रक्रियाअनुसार प्रतिवादी बनाइएका अन्य ३ का हकमा अदालतले वारेन्ट जारी गरेको छ।

दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा गत माघ ७ मा भएको सामुहिक बलात्कारको मुद्दा प्रहरीले गत सोमबार सरकारी वकिल कार्यालयमा बुझाएको थियो। प्रहरीले करिब तीन महिना लामो अनुसन्धानमा राजनीतिक, ठेकेदार पृष्ठभुमिका आरोपी फेला पार्न नसकेपछि उनीहरुलाई फरार प्रतिवादी बनाउदै मुद्दा काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न मुख्य आरोपी शैलेस कार्कीलाई चैत ६ मा नाटकिय ढंगले पक्राउ गरेको थियो। घटनाका अन्य आरोपी विकास गौतम र दिपक श्रेष्ठको सम्पूर्ण विवरण खुलेपनि तीन महिनासम्म उनीहरुलाई पक्रन प्रहरी असफल भएको हो। यस्तै अर्का आरोपी रबी पौडेलको भने ठेगाना खुल्न सकेको छैन।

प्रहरीले संगठित अपराध निवारण ऐनअनुसार कारवाही थालेको सामुहिक बलात्कारको घटनाका आरोपी विकास गौतम ‘क’ श्रेणीको निर्माण कम्पनी मोतिदान कन्स्ट्रक्सनका संचालक तथा तत्कालीन राजनीतिक दल एमालेका नेता रामबहादुर गौतमका छोरा हुन्। प्रहरी मिसिलअनुसार काभ्रेको चौरी देउराली गाउँपालिका स्थायी ठेगाना भएका विकास समेत सोही कन्स्ट्रक्सन कम्पनीमा कार्यरत रहेका छन्।

यस्तै अर्का आरोपी दिपक श्रेष्ठ सिन्धुपाल्चोकको लिशंखु गाउँपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा हुन। स्थानीय लालबहादुर श्रेष्ठका २९ वर्षे छोरा दिपक चीन सीमाबाट हुने तस्करीमा समेत संलग्न रहेको खुलेको छ। प्रहरीले घटनामा संलग्न रहेका रबि पौडेलको भने नाम बाहेक अन्य विवरण खुलाउन सकेको छैन्।

आरोपीको रेड कर्नर नोटिस जारी हुने
परिसरले नाम र ठेगाना खुलेका दुई आरोपी विकास गौतम र दिपक श्रेष्ठलाई पक्राउ गर्न अन्तर्राष्ट्रि प्रहरी संगठन(इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया सुरु गरेको छ। परिसरले घटना लगत्तै फरार रहेकामध्ये रबि पौडेलको ठेगाना नखुलेका कारण उनको नाम भने रेड कर्नरमा नपठाउने भएको हो।

परिसरका प्रवक्ता डिएसपी मोहन थापाले घर ठेगाना खुलेका आरोपीलाई स्थानीय ठेगानामा खोजीका लागि पत्र लेखे पनि पक्राउ गर्न नसकिएको बताए। उनले आरोपी पक्राउ गर्न प्रहरी प्रधान कार्यालय मार्फत ७७ वटै जिल्लामा सर्कुलर जारी गरिएको जानकारी दिए।
‘हामीले पक्राउको खोजी गर्न देशभरका प्रहरीको सहयोग लिएका थियौं, अब ठेगाना खुलेका आरोपीको हकमा रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया थालेका छौं,’ डिएसपी थापाले भने। उनले फरार आरोपीबिरुद्द संगठित अपराध समेत लगाएकाले अदालतमा उपस्थित भए पनि सहुलियत नहुने दाबी गरे।

कामदारका छोराको योजनावद्ध गिरफ्तारी
महानगरीय प्रहरी वृत्त दरबारमार्गले गत चैत ६ मा पक्राउ गरेको दाबी गरिएका मुख्य आरोपी शैलेस कार्कीले पूर्व योजना अनुसार प्रहरीमा आत्मसम्पर्ण गरेको खुलेको छ। घटनाका मुख्य आरोपी विकासका परिवारको योजनामा शैलेसले आत्मसम्पर्ण गरेको स्रोतले बतायो। स्रोतका अनुसार सुरुवातमा शैलेसले आत्मसम्पर्णगर्ने र मुद्दा बुझाउनु दुईदिन अघि अन्य तीनले आत्मसम्पर्णगर्ने योजना रहेको थियो। तर पक्राउ परेका शैलेस बिरुद्ध काठमाडौं प्रहरीले संगठित अपराध समेत थपेपछि गौतम परिवारको योजना तुहिएको हो।

अनुसन्धान अधिकारीहरुका अनुसार गौतम परिवारमा सहयोगीका रुपमा शैलेसका बुवाआमा कामगर्ने गरेको अनुसन्धानमा खुलेको हो। यस्तै शैलेसले होटल उडल्याण्डमा बुझाएको सवारीचालक अनुमतिपत्रमा उल्लेख रहेको ९८५११२३५९२ नम्बरको सिम समेत विकासका भाई विक्रम गौतमले प्रयोग गरिरहेका थिए। विक्रमले यसै नम्बरबाट सामाजिक सञ्जालमा फेसबुक अकाउण्ट समेत खोलेका थिए। केही दिनयता सो अकाउण्ट समेत बन्द रहेको छ।

कार्की प्रहरीका उच्च तहबाट भइरहेको पूर्व योजनाअनुसारै पक्राउ परेको स्रोतको दाबी छ। कार्कीलाई अनुसन्धान म्याद अवधि राखेर अदालतमा बुझाउने र अन्य आरोपी अदालतमा उपस्थित हुने सेटिङ अनुसार उनले आत्मसमर्पण गरेका थिए। बलात्कारीमध्ये कार्की कमजोर आर्थिक हैसियत भएका व्यक्ति हुन्।

यस्तो थियो घटना
दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा पूर्व योजनाअनुसार कार्की, विकास गौतम, दिपक श्रेष्ठ र रबी पौडेलले एक १८ वर्षे युवतीको माघ ७ को राती सामुहिक बलात्कार गरेका थिए। पीडित युवतीले घटनाको अर्कोदिन विहान (माघ ८) मा वृत्त दरबारमार्गमा दिएको ठाडो जाहेरीमा आफुलाई सामुहिक बलात्कारपछि पनि नग्न तस्बिर खिच्ने र गालिगलौज गरिएको उल्लेख छ।

उक्त पत्रमा युवतीले घटनाका दिन आफू काँडाघारीस्थित एकजना साथीको घरमा गइरहेका बेला मुख्य आरोपी कार्कीले फोन गरेर घर पुर्याउने शर्तमा बोलाएको उल्लेख छ। पीडित युवतीले लिखित पत्रमा आरोपी कार्कीले अत्यन्त जरुरी रहेको भनेपछि आफु लाजिम्पाटस्थित भुमि क्याफेमा आएको बताएकी छन्।

क्याफेमा कार्की बाहेक अन्य आरोपी ठेकेदार विकास गौतम, दिपक श्रेष्ठ र रबि पौडेल पहिलेदेखि बसिरहेका थिए। कार्कीको अनुरोधमा दुई गिलास वाइन र मम खाएपछि आफूलाई केही असजिलो भएको युवतीले लिखित जाहेरीमा उल्लेख गरेकी छन्। अनुसन्धानमा पीडितलाई लैजानु अघि नै होटलमा दीपक श्रेष्ठका नाममा १० जनाका लागि भन्दै पाँचवटा कोठा बुक गरिएको थियो। होटल बुक गर्न शैलेस कार्की र आवास लामाको सवारी चालक अनुमतिपत्र प्रयोग भएको थियो।

दरबारमार्ग प्रहरीले आर्थिक प्रलोभनमा वृत्तमै घटना मिलाएको बाहिरीएपछि डिएसपी तिलक भारतीलाई जिम्मेबारीबाट फिर्ता बोलाउदै प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारीलाई निलम्बन गरिएको छ।

प्रहरीले संगठित अपराध निवारण ऐनअनुसार कारवाही थालेको सामुहिक बलात्कारको घटनाका आरोपी विकास गौतम ‘क’ श्रेणीको निर्माण कम्पनी मोतिदान कन्स्ट्रक्सनका संचालक तथा पूर्व नेकपा एमालेका नेता रामबहादुर गौतमका छोरा हुन्। प्रहरी मिसिल अनुसार काभ्रेको चौरी देउराली गाउँपालिका स्थायी ठेगाना भएका विकास समेत सोही कन्स्ट्रक्सन कम्पनीमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्