बन्द इजलाशमा गोरेको बयान शुरु, भरत थापा सहित २ जना वकिल गेरेको पक्षमा बहस गर्दै



हाम्रो इकोनोमि

 सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीको बयान जिल्ला अदालत मोरङमा शुरु भएको छ ।

मंगलवार बिहान ‘पक्राउ परी’ अदालतमा उपस्थित गराइएका गोरेको बुधवार बिहानदेखि अदालतमा बयान लिन शुरु गरिएको हो ।

मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा गोरेले बयान दिइरहेका छन् ।

गोरेले अदालतमा बयान दिँदा उनको पक्षबाट २ जना वकिल उपस्थित भएका जनाइएको छ । स्रोतका अनुसार अधिवक्ता भरत थापा र अर्का एक अधिवक्ता गोरेको प्रतिरक्षामा उत्रिएका छन् ।

गोरेको बयान सकिएपछि उनको थुनछेक बहस हुनेछ । थुनछेक बहसमा जिल्ला सरकारी वकिलको कार्यालयका वकिलले बहस गरेपछि प्रतिवादी (गोरे)का वकिलले बहस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...