सुन तस्करलाई ठेगान लगाएरै छोड्ने कसम खाएका गृहमन्त्रीले पाए २ वटा कुकुर उपहार,कति धनी छन् बादल?



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो सम्पत्ति विवरणमा २ वटा कुकुर रहेको उल्लेख गरेका छन्। संघीय सरकारको मन्त्रीको हकमा आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले छिमेकबाट २०७२ सालमा एक जोडी कुकुर प्राप्त गरेको उल्लेख गरेका छन्।

उनले आफ्नी श्रीमती नैनकला थापाको नाममा चितवनको भरतपुर–१०, चित्रसेन मार्गमा १ कठ्ठा ०.७५ धुर जग्गा अंशवण्डाबाट पाएको जनाएका छन्। त्यस्तै श्रीमतीकै नाममा भरतपुर–११, भोजाडमा आमाको पेवा बापत प्राप्त गरेको १ लाख रुपैयाँबाट किनेको जग्गासमेत उनले विवरणमा उल्लेख गरेका छन्।

६ तोला सुन रहेको उल्लेख गरेका मन्त्री बादलले सो सुन श्रीमतीको माइतीघर तथा विदेशबाट भाइ र बहिनीबाट उपहार पाएको बताएका छन्। रेष्टुरेन्ट व्यवसायबाट आम्दानी भएको ३ लाख रुपैयाँ नगद तथा संविधान सभाको पहिलो निर्वाचनमा सभासद हुँदाको तलबबापतको २० हजार रुपैयाँ हाल थापासँग रहेको देखिन्छ। गृहमन्त्री थापाले स्वकीय सचिवालय सदस्य विरु तामाङसँगको संयुक्त खातामा ३ लाख ६० हजार १ सय ९३ रुपैयाँ रहेको उल्लेख गरेका छन्। यो हाल गृहमन्त्री भएपछि एभरेष्ट बैंकमा जम्मा भएको रकम हो।

राष्ट्रिय महिला आयोगको अध्यक्ष हुँदा श्रीमती नैनकला थापाले अपर तामाकोशी जलविद्युत आयोजनाको १ सय ४६ कित्ता सेयर किनेकोे पनि विवरणमा देखाएका छन्। कर्मचारी सञ्चय कोषबाट कट्टी भएको रकमबापत १ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिद गरिएको देखिएको छ।

सम्पत्ति विवरणका अनुसार मन्त्री थापाले ऋण लिएका छैनन्।

मन्त्री बादलसँग २०६९ जेठ ११ मा खरीद गरिएको तत्कालीन एकिकृत नेकपा माओवादीको नाममा रहेको बा९च ७४३२ नम्बरको डिजेल गाडी रहेको छ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...