एसएसपी लाेहनीसहित २८ जना जेल चलान, को को परे हेर्नुहोस नाम सहित



हाम्रो इकोनोमि

मोरङ जिल्ला अदालतले हत्या तथा सुन काण्डमा संगठित अपराधकाे अभियाेग लागेका २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । सुन तस्करी र माेरङका सनम शाक्य प्रकरणमा पक्राउ परेका ३० मध्ये १ जना साधारणा तारेख र १ जना १५ हजार रूपैयाँ धराैटी तिरेर रिहा भएका छन्र ।

नारायण प्रसाद शर्माको ईजलाशले एसएसपी श्याम खत्रीका ड्राईभर बिष्णु बहादुर खडकालाई १५ हजार धरौटी र खत्रीकै अंगरक्षक हवल्दार अम्मर बहादुर थापा मगरलाई साधारण तारेखमा छाडेको हो ।

सुन तस्करी र सनम शाक्यकाे हत्या मुद्दामा पुर्पुक्षका लागि थुनामा जानेमा प्रहरीका बहालवाला प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, पूर्व डिआईजी गोविन्द निरौला,  डीएसपी  प्रजित केसी तथा सञ्जय राउत, सई बालकृष्ण सञ्जेल छन् ।

यस्तै ३३ किलो सुन तस्करीमा संलग्न भनिएका विमानस्थलका कर्मचारीहरु थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल र तुलाराम थारु पनि पुर्पक्षका लागि जेल चलान भएका छन् ।

यस्तै सुन तस्करीमा लगानी गर्ने व्यापारीहरु एमके भनिने माेहनकुमार अग्रवाल, भुजुङ गुरुङ, महावीर गोल्यान, राजेन्द्रमान शाक्य पनि जेल चलान भएका छन् ।

सुन बेपत्ता भएपछि मारिएका सनम शााक्य हत्याका प्रतिवादी  मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे र राजन कुमारलार्इ पनि मुद्दाकाे पुर्पुक्षका लागि जेल चलान गरिएकाे छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले वैशाख १९ गते पक्राउ परेका ३० जना र फरार ३३ सहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा संगठित अपराध निवारण ऐनसहित कर्तव्य जान, अवैध चोरी पैठारी, अपहरण तथा शरीर बन्धक र भन्सार ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलको अभियोग पत्रमा मुख्य अभियुक्त बनाइएका सुन तस्करी तथा सनम शाक्य हत्याका नाइके चूडामणि उप्रेती (गोरे) मंगलवार मात्रै पक्राउ परेका छन् । उनलाई मंगलवार नै जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ ।

जिल्ला अदालतमा उपस्थित गराइएका गोरेको थुनछेक बहसपछि अदालतले थुनामा राख्ने वा धरौटी तथा साधारण तारेखमा रिहा गर्ने भनेर आदेश जारी गर्ने छ ।

सुन तस्करीसँगै जोडिएको हुण्डी कारोबारमा संलग्न भनिएका थप २ जनालाई पनि प्रहरीले पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरिसकेको छ । थप २ जनासहित सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्तको संख्या ६५ पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...