गोरेले हप्ता दिन पहिल्यै आत्मसमर्पण गर्छु भनेको खुल्यो यस्तो तथ्य,आज मात्र किन कब्जामा लिइयो?



हाम्रो इकोनोमि

नेपालमा पछिल्लो समय चर्चित बनेको ‘३३ किलो सुन’ र ‘सनम हत्याकाण्ड’का प्रमुख अभियुक्त ‘गोरे’ उर्फ  चुडामणी उप्रेतीलाई प्रहरीले सार्वजनिक गरेको छ। सार्वजनिक गर्ने क्रममा मास्क र टोपी लगाएका गोरेले सबै सामु आफ्नो अनुहार प्रष्ट पारेका छन्।

उनले पत्रकारहरुकै सामु मास्क र टोपी फुकालेका थिए। उनले आफ्नो ज्यान जाने खतरा देखेपछि आत्मसमर्पण गरेको आशंका गरिएको छ।

उनले मास्क र टोफि फुकाल्नुको मनोबोज्ञान हेर्दा उनमा अझै पनि कुनै ग्लानी नभएको र आफुलाई केही नहुने आत्मबिश्वास देखिन्छ ।  नेपाल प्रहरीका पुर्व डिआईजीसम्म तानिएको काण्डको लहरो त्यहीं गएर मात्र नटुंगिने स्पष्ट भैसकेको छ।

गोरेलाई ज्यानको खतरा
गोरेले नेपाल मानव अधिकार संगठनमा आफ्नो ज्यानको रक्षा गरिपाउँ भनि निवेदन दिईसकेका छन्। उनले उक्त निवेदन दिनुमा पनि उनको माथि अरु धेरै खेलाडीहरु रहेको र उनीहरुबाट आफ्नो ज्यान जाने डर रहेको स्पष्ट हुन आउँछ। उनले २०७५-०२-०३मा संगठनलाई पत्र लेखेका थिए।

उनले उक्त निवेदनमा जिवन रक्षा सहित आत्मसमर्पण गर्ने कार्यमा सयोग गरिपाउँ भनेर स्पष्ट रुपमा लेखेका छन्। उनले आफुलाई मात्र दोषी देखाई बिभिन्न पक्ष ब्यक्तीहरुले ज्यान लिनेसम्मको घट्ना घटाई अनुसन्धानमा आफ्नो कुरा राख्न समेत नदिई सबै दोष आफ्नो थाप्लोमा पार्न खोजिएको उल्लेख गरेका छन्।

आफुसँग भएका प्रमाण र आफ्ना कुरा अदालत समक्ष राख्ने बातावरण मिलाउन आग्रह गरिएको पत्र लेखेका छन् यसबाटै उबको ज्यानको खतरा भएको शंका उत्पन्न हुन्छ ।  र गोरे मात्र यो सुनकाण्डमा सम्मिलित छैन भन्ने स्पष्ट हुन आउँछ।

सुन तस्करी – पुरानो कथा
नेपालमा यस्ता ठूला घट्नाहरुमा सत्ता र शक्तिको वरपर हुनेहरु रहने पुराना घट्नाहरुले देखाउँछन्। बिस. २०४४ सालमा तत्कालिन अधिराजकुमार धिरेनद्र शाहका अंगरक्षक कर्णेल भरत गुरुङ र अवकासप्राप्त प्रहरी महानिरिक्षक सुन तस्करीको अभियोगमा परेका थिए।

उक्त काण्डमा कर्णेल गुरुङले कसैको नाम नलिए पनि यो काण्डमा ठुलाबडाको संग्लनता हुने र आफुले १ क्विन्टल सुन भित्र्याएको बताएका थिए।

यसैगरि पछिल्लो समय धेरै सुनकाण्डहरुमा राजनैतीक दलका नेताहरुको नाम पनि बेला बेलामा मुछिने गरेको छ। नेपाललाई सुनतस्करीको ट्रान्जिट पनि भनिने गरिएको छ।

बिस. २०७३ पुषमा पनि त्रिभुवन अन्तराष्टरीय बिमानस्थलबाट सहिसलामत बाहिरिएको ३३ किलो सुन प्रहरिले गोल्डेनगेट बाहिर समातेको थियो। त्यो काण्डमा पनि भरीयाहरुमात्र पक्राउ  परेका थिए। त्यसपछि उक्त सुनकाण्ड त्यतीकै सेलाएको थियो।

उक्त सुन पनि गोरेले नै ल्याएको थीयो भन्ने तथ्य छानबिन समितीले फेला पारेको स्रोतले जनाएको छ।

बिस २०५५ सालमा गृह मन्त्रालयले सुन तस्करी र त्रिभुवन बिमानस्थल बारे एक अध्य्ञन गरेको थियो। उक्त अध्य्यनले पनि बिमानस्थल अवैध सुनतस्करीको प्रमुख स्थान रहेको रिपोट पेश गरेको थियो।

त्यसैगरि गृहमन्त्री रामबाहदुर थापाले पनि बिमानस्थलमा टनकाटन सुन तस्करी हुने बताएका थिए। उनको यो अभीब्यक्तीबाट पनि नेपालको एकमात्र बिमानस्थल सुन तस्करहरुको स्वर्ग रहेको स्पष्ट भएको छ।

नेपालमा सजाय काटिरहेका अन्तराष्ट्रीय अपराधि चार्लस् शोभराजको ‘नेपालको बिमानस्थलबाट सुनको हात्ती छिराउन सकिन्छ’ भन्ने उक्ति धेरै पुरानो समयदेखि जनमानसमा चलिरहेको छ।

गोरेको कनेक्सन
सुन तस्करीका नाईके मानिएका गोरेको कनेक्सन प्रहरी, उच्च ओहोदाका कर्मचारिहरुसँग मात्र सिमित थियो भन्ने कुरो पत्याउन गाह्रो कुरा हो। गोरेले निर्वाचनहरुमा राजनैतीक दलहरु र तिनका नेताहरुलाई आर्थिक सहयोग गरेको कुरा पनि छानबिन समितिले पत्ता लगाएको छ।

गोरे काण्ड बाट खुलेको रहस्यमा तत्कालिन एसएसपी शयामबहादुर खत्रीको गाडीमा तस्करीको सुन ओसारिने पनि छानबिन समितीले पत्ता लगाएको छ। बिमानस्थलमा रहेका प्रहरी प्रमुखहरुको सुन तस्करीमा प्रतक्ष्य वा अप्रतक्ष्य संगलनता हुने छानबिन समितीमा अभीयुक्तहरुले दिएको बयानमा देखिएको छ।

राप्रपाका नेता समेत रहेका भुजुङ गुरुङले ४० सलादेखि सुन तस्करि गर्ने गरेको बयान दिएका छन्। उनले नै गोरेलाई सुन तस्करी सिकाएको दाबी गरेका छन्। यसरी नेताहरु सुन तस्करीमा संगल्गन हुनाले पनि देखाउँछ राजनीति र सुनको सम्बन्ध।

गोरेको कनेक्सन नेपालका राजनैतीक दल र तिनका नेताहरुसँग पनि राम्रै रहेको बुझ्न कुनै बिज्ञानको साहायता लिईराख्नु पर्ने स्थिती छैन्।

नेापलका नेताहरुको पनि गोरे पक्राउ पछि नाम आउन सक्ने आंकलन हुन थालेको छ। क-कस्को नाम आउँन सक्छ त्यो त आउने दिनहरुले बताउँने नै छ।

ठुला  नेताहरुको कनेक्सन देखिएमा कतै गोरे सुनकाण्ड त्यतीकै सेलाएर जाने त होईन भन्ने आशंका एकतिर छ भने अर्को तिर गोरेको हत्या हुन सक्ने आशंका पनि ब्याप्त रहेको छ।

सत्ता र भन्सार
नेपालको राजनीतिमा लागेका हरु शक्तिका आडमा अनेक काम गर्छन भन्ने जग जाहेर छ। नेताहरु राम्रो पदमा पुग्ने बित्तिकै कर्मचारीहरु राम्रो ठाउँमा सरुवाकालागि नेताको चाकरी गर्ने प्रथा रहेको छ।

राम्रो ठाउँ भन्नाले अतिरिक्त कमाई हुने ठाउँ भनेर बुझ्ने गरिन्छ । भन्सारमा अतिरिक्त कमाइ हुने हुनाले मन्त्रि एवम नेताहरुले आफुसँग निकट रहेकाहरुलाई त्यस्तो स्थान दिने गरेको देखिन्छ ।

गोरे समुहले २०१५ र १६मा मात्र प्रहरीलाई २ करोड २० लाख रुपिया बुझाएको रेकड प्रहरीले फेला पारेको छ। प्रहरीमा मात्र यती रकम बाँड्ने गोरेले आफ्नो सेटीङ मिलाउन अरुतिर पनि ठुलै रकम वा जिन्सी बाँड्ने गरेको थियो। प्रहरी भन्दा माथिल्लो स्तरसम्म पहुँच भएको गोरेले धेरैलाई धैरे किसमले आफ्नो बसमा पारेको थियो।

बाँकी रहेका कुराहरु गोरेको बयान पछि खुल्दै जाने छ। यदी ठुला नेता वा शक्ति केन्द्र तिर गोरेको तिर सोझिने संबावना भए यो काण्डमा नयाँ ‘टविष्ट’रु देख्न पाईने छ।

के लोभमा त्यस्ता हतिरिक्त आम्दानी हुने ठाउँमा सरुवा गर्छन त आफ्ना मान्छेहरुलाई ? पक्का पनि आम्दानीकालागि नै हो । यसरी प्रतक्ष्य रुपमा नरहे पनि हपर्तक्ष्य रुपमा अतिरिक्त कमाईकालागि नेताहरु लालायित हुन्छन।

नेपालको राजनीतिमा चुनावको बेला पैसाको चलखेल निकै देखिन्छ । कसरि र कहाँबाट आउँछ त्यत्रो पैसा भन्ने कुराको पनि उत्तर अब खोज्न कतै जान पर्दैन् ।

गोरेकाण्डमा नेताहरुको संग्लनताहरु भेटिने संभावना धेरै छ । प्रतक्ष्य रुपमा नभए पनि अप्रतक्ष्य रुपमा संगलनता त निश्चित नै रहेको छ।

अब के हुन्छ ? 
गोरेको बयानपछि कार्वाही कसरि अगाडी बढ्छ त्यो अदालतले निर्णय गर्ने छ। हराएको सुन नभेटिएको खण्डमा सुन तस्करीको मुद्दा कमजोर हुने निश्चित रहेको छ।

गोरेलाई सनम हत्यामा कार्वाही भएर बाँकी सुन काण्ड अनुसन्धान मै रहन पनि सक्ने संभावनालाई नकार्न नसकिने एक कानुन ब्यवसायीले बताए।

शक्तिशाली र पहुँचवालाहरुको नाम आउन थालेमा मुद्दालाई कमजोर बनाएर हत्यामा केन्दरित हुन सक्ने संबावना धेरै रहेको छ। यसैगरि पहुँचवालाहरुको नाम मुछिन थालेमा गोरेको हत्या हुनसक्ने कुरालाई पनि नकार्न नसक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...