गोरेलाई जोगाऊन अन्तिम समयमा पक्राउ गरेको बाहिरियो यस्तो तथ्य,बिराटनगर लगेर गोरेलाई अदालतमा बुझाइयो



साढे ३३ केजी सुन बेपत्ता र  सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले थुनछेकको फैसला सुनाउन लाग्दा छानबिन समितीले घटनाका मुख्य नाइके चुणामणी उप्रेती ‘गोरे’लाई पक्राउ गरेको छ।

गत बैशाख १९ गते जिल्ला अदालत मोरङमा दर्ता गरिएको संगठित अपराध, अपहरण, हत्या मुद्धामा गोरेलाई प्रतिवादी खुलाएकाले अब गोरेमाथी प्रहरी अनुसन्धान हुने छैन।

पक्राउ गरेको २४ घन्टाभित्र अदालतमा पेश गर्नुपर्ने कानुनी ब्यवस्था छ। अदालतमा पेश भएपछि अदालतले नै गोरेको बयान लिने छ र थुनछेक बहस हुने छ। मुद्धा दर्ता हुनु अघि नै गोरे पक्राउ परेको भए प्रहरीले उनलाई हिरासतमा राखेर वृस्तित अनुसन्धान गर्न सक्थ्यो।

घटनाको अनुसन्धान तथा छानबिन गर्न सरकारद्धारा सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा गठित छानबिन समितीले गोरेलाई म‌ंगलबार बिहान काठमाडौंको गौरीघाटमा समातिएको जनाएको छ।

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिका संयोजक इश्वरराज पौडेलले भने- गोरेसँग प्रारभ्भिक सोधपुछ गर्दा यसअघि हामीले प्रतिवादी बनाएका सबैको आरोप प्रमाणित हुने अवस्था थप बलियो बनेको छ।

तर, अब गोरेले अदालतमा के बयान दिनेछन् , त्यो महत्वपुर्ण हुने छ।

गत फागुन १९ गते महानगरीय अपराध महाशाखाको टोलीले विराटनगरमा गाडीको डिकीमा राखेर लैजाँदै गरेको अवस्थामा सनम शाक्यको शव बरामद गरेको थियो।

सुन बेपत्ता बनाएको भन्दै गोरेले सनमलाई यातना दिएर हत्या गरेको अनुसन्धानमा खुलेको थियो। सरकारद्धारा गठित छानबिन समितीले यस घटनामा प्रहरीकै भुमिका श‌ंकास्पद रहेको भन्दै महाशाखाका तत्कालिन प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई छानबिनमा तानेको थियो।

तीनै जनामाथि  गोरेसँग शव ब्यवस्थापन गरी दिने सहमतीमा बार्गेनिङ गरेको आरोप छ।  गोरेलाई जोगाउन खोजेको आरोप उनीहरुमाथी छ। तर यी आरोपित प्रहरी अधिकारीले भने गोरेलाई समात्नकै लागि उनीसँग दुई करोड रुपैयाँको बार्गेनिङ गरेको र यसबारे प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी गराएको दाबी गर्दै आएका छन्।

 

गोरेलाई समात्न पुगेको प्रहरी टोलीले लास मात्र बरामद गरेको थियो। गोरेलाई भने पक्राउ गर्न सकेको थिएन। छानबिन समितीले गोरेलाई पक्राउ गर्न नसकेको र बेपत्ता सुनबारे समेत पत्तो पाउन नसकेको भन्दै आलोचना खेपेको थियो। गोरेको पक्राउले घटनाको वास्तविकता थाहा पाउन सजिलो हुने प्रहरी अधिकारी बताउँछन्।

 

‘ शव ब्यवस्थापनका लागि गोरेले प्रहरीसँग डिल भएको स्वीकार गरेका छन्’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, ‘उनलाई पक्राउ गर्नै पर्ने दबाबमा हामी थियौं।’ मंगलबार छानबिन समिती गोरेसँग बयान लिन ब्यस्त देखिन्थ्यो। उनलाई मंगलबार नै मोरङ जिल्ला अदालतमा पेश गरिने तयारी छ।

 

छानबिन समितीले त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करी र सन हत्या प्रकरणलाई जोडेर संगठित अपराधमा अनुसन्धान गरिरहेको थियो। यसमा प्रहरीका बर्तमान तथा पुर्वगरी करिब एक दर्जन अधिकारीसहित ६५ जनालाई प्रतिवादी बनाएर गत बैशाख १९ गते जिल्ला प्रहरी कार्यालय मोरङमा मुद्धा दर्ता भएको थियो। प्रतिवादीमध्ये ३२ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ।

 

‘अब गोरेले दिने बयानले धेरै कुरा खोल्ने छ। बेपत्ता सुन कहाँ छ भन्ने समेत थाहा पाउने सम्भावना छ’, अनुसन्धानका प्रहरी भन्छन्। छानबिन समितीले लिने बयानपछि विमानस्थलबाट हुने सुन तस्करी, त्यसमा हुने लगानी र बेपत्ता साढे ३३ केजी सुन कहाँ छ भन्नेबारे थाहा पाउन सकिने अधिकारीहरु बताउँछन्।

गोरेलाई विराटनगर लगियो

३३ किलो सुन तस्करीको नाइके गोरेलाई आज नै विराटनगर लगिएको छ ।

गोरेलाई आजै मोरङ अदालतमा पेश गर्ने भएपछि विराटनगर लगिएको हो ।  ।

साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई आज नै सार्वजनिक गरिएको थियो ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उप्रेतीलाई  सार्वजनिक गरिएको थियो ।
पत्रकार सम्मेलनमा गृहमन्त्रालयका सहसचिव एवं ३३ केजी सुन प्रकरण र सनम हत्या प्रकरण छानविन गर्न गठित टोलीका संयोजक सहसचिव ईश्वर पौडेलले लामो अनुसन्धानपछि गोरे पक्राउ गर्न सफल भएको बताएका थिए।

उनले गोरेलाई मंगलबार विहान ५ः ३४ बजे काठमाडौको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिएका थिए ।

गत माघमा नेपाल भित्रिएको ३३ केजी सुन प्रकरणमा सनम शाक्यको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्