मैले सुन तस्करी गरेकै हो भन्दै गोरेले यस्ता ब्यापारी पुलिस र नेताको नाम पोले



हाम्रो इकोनोमि

सुन तस्करी प्रकरणका बहुचर्चित पात्र चूडामणि उप्रेती ‘गोरे’को पक्राउसँगै अनुसन्धानले नयाँ मोड लिएको छ। यसले आफूहरुको अनुसन्धानलाई थप बलियो बनाएको र थप रहस्यहरु खुल्ने छानबिन समितिका अधिकारीहरुले बताएका छन्।

छानबिन समितिसँगको बयानमा गोरेले आफूले विमानस्थलमा प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन ल्याउने गरेको स्वीकारेका हुन्। तर, आफू मुख्य तस्कर नभई मुख्य व्यवस्थापक भएको बताएका छन्। स्रोतका अनुसार गोरेले लगानी गर्ने व्यापारीहरु तथा सहयोग गर्ने प्रहरीहरुको पनि नाम लिएका छन्।

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिका सहसचिव ईश्वरराज पौडेलले गोरे पक्राउ परेपछि थप तथ्यहरु खुलेको र त्यससँगै अनुसन्धानले थप गति लिने बताए।

गोरेले प्रहरी र विमानस्थलका कर्मचारीलाई पैसा दिएको स्वीकारेका छन्। उनले आफूलाई सहयोग गर्ने थप प्रहरीको समेत पहिचान खुलाएको स्रोत बताउँछ।

यसअघि डायरीमा लेखेर पैसा बाँडिएका प्रहरीलाई मात्र छानबिन समितिले डाकेर बयान लिएको थियो। उनीसँग धेरै प्रहरी अधिकारीहरुको फोन सम्पर्क देखिएकाले अब उनीहरुतर्फ पनि अनुसन्धान अघि बढ्ने स्रोत बताउँछ।

त्यस्तै, तस्करीमा लगानी गर्ने र संरक्षण गर्ने समूहमाथि पनि छानबिन समितिले अनुसन्धान अघि बढाउने भएको छ। जसमा केही नेताहरुसमेत तानिन सक्ने समितिका एक अधिकारी बताउँछन्।

छानबिन समितिसँग गोरेले सेटिङ मिलाएरै आफूले सुन तस्करी गरेको स्वीकार गरे पनि अदालतमा उनले के बयान दिनेछन्, त्यसले महत्व राख्नेछ। प्रहरी अधिकारीहरुलाई आफूले पैसा दिएको बयान दिएमा पक्राउ परेका प्रहरी अधिकारीहरु समेत जेल जाने सम्भावना छ।

शनम शाक्य हत्या प्रकरणसँगै खुलेको ३८ सय केजी सुन तस्करीका मुख्य नाइके मानिएका गोरेलाई आज प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरिएको थियो। गोरेलाई सार्वजनिक गरेलगत्तै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाइएको छ।

गोरेलाई आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको छानबिन समितिका पौडेललेले जानकारी दिए। यसअघि प्रहरी स्रोतले गोरेलाई भारतबाट पक्राउ गरेर ल्याइएको जनाएको थियो।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...