ओली संग यसरी झुके मोदी,बिराटनगरस्थित भारतीय फिल्ड अफिस बन्द



हाम्रो इकोनोमि

भारत सरकारले विराटनगस्थित फिल्ड अफिस बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग उक्त कार्यालय बन्द गर्ने विषयमा कुरा उठाएका थिए।

नेपाल भ्रमणबाट फर्के लगत्तै भारतीय प्रधानमन्त्री मोदीले उक्त कार्यालय बन्द गर्न निर्देशन दिएपछि उक्त कार्यालय बन्द भएको हो। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई उक्त कुराको जानकारी समेत गराएका छन्।

केही दिनअघि प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा समेत विराटनगरस्थित फिल्ड अफिस छिटै बन्द हुने घोषणा गरेका थिए।

भारतीय विदेश मन्त्रालयले सोमबार नेपालको फिल्ड अफिस बन्द गरेको घोषणा गरेको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्।

उक्त कार्यालय कोशी डुवान समाधानका लागि खोलिएको र त्यसको प्रयोजन समाप्त भएको भारतको विदेशमन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...