सुन तस्कर गोरेलाई भारत बाट यसरी समाएर नेपाल ल्यायो प्रहरीले,इन्काउण्टरमा मारिनबाट जोगियो



हाम्रो इकोनोमि

विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएका गिरोहका नाइके चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्।

गृह मन्त्रालयको विशेष छानबिन समितिले उनलाई पक्राउ गरेको हो। स्रोतका अनुसार गोरेलाई विदेशबाट पक्राउ गरेर ल्याइएको हो।

समितिका एसएसपी बसन्त लामाले उनलाई पक्राउ गरिएको पुष्टि गरे। आजै गोरेलाई सार्वजनिक गरिने एसएसपी लामाले बताए।

विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएका थिए।

गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको थिए।

शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो। सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये ८ जना प्रहरी अधिकारी छन्।

गोरे पक्राउ परेसँगै यो मुद्दाले नयाँ मोड लिएको छ। गोरेले प्रहरी अधिकारीहरुलाई पैसा दिएको डायरी मात्र भेटिएको थियो। अबको उनको बयानबाट धेरै कुराहरु प्रष्ट हुने छानबिन समितिका एक अधिकारी बताउँछन्।

 गोरे पक्राउ छानबिन समितिको महत्वपूर्ण सफलता भएपछि लुटिएको भनेको साढे ३३ किलो सुन भने बरामद भएको छैन।

मनोज पुन झैँ इन्काउण्टरमा मारिनबाट गोरे जोगिएका छन्।उनलाई प्रहरीले इन्काउण्टरमा सिध्याउने योजना बनाएको थियो।। उनलार्इ सार्वजनिक गर्न दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन अायोजना गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...