यस्ता १३ हजार कर्मचारीलाई कारबाही गर्न अख्तियारले दियो निर्देशन,५ हजार हर्जना नतिरे जागिरै हुने भो चट्



हाम्रो इकोनोमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पती विवरण नबुझाउने १३ हजार ३ सय ९० कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ। उनीहरुलाई प्रति व्यक्ति ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ।

हरेक सरकारी कर्मचारीले आर्थिक वर्षको ६० दिनभित्र सम्पती विवरण बुझाउनु पर्ने प्रावधान छ। तर, कतिपयले जानी जानी सम्पती विवरण नबुझाउने गरेका छन्। ५ हजार जरिवाना गराई सम्पती विवरण बुझाउन गर्ने र गराउने निर्णय भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। कारबाहीमा पर्नेमा धेरै जसो शिक्षक छन्। निजामती कर्मचारी र प्रहरीहरुको संख्या पनि ठुलो छ।

१३ हजार ३ सय ९० कर्मचारीले सम्पती विवरण नबुझाएको भन्दै उनीहरुलाई कारबाही गर्न राष्ट्रिय सर्तकता केन्द्रले अख्तियारमा नामहरु सिफारिस गरेको थियो। सोहीअनुसार आयोगले कारबाहीको निर्णय गरेको हो। उनीहरुबाट ६ करोड ६९ लाख ५० हजार रुपैयाँ जरिवाना सरकारले असुल्ने छ।

कतिपय कार्यालयबाट विवरण नै प्राप्त नभएकोले विवरण पेश गर्न आयोगले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...