केपी र माधवको कठालो समात्छु भन्दै यसरी रन्किए झलनाथ खनाल,आजै वार की पार गर्ने



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीको चौँथो वरियताका नेता झलनाथ खनालले आफूलाई दिइएको वरियताप्रति असन्तुष्टी जनाएका छन् ।

नेता खनालले आजै पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्डलाई भेटेर आफ्नो असन्तुष्टी व्यक्त गर्ने बताइएको छ ।

खनालले माधव नेपालभन्दा तल पारिएको वरीयता अस्वीकार गरेका हुन् । तत्कालीन एमालेका अध्यक्ष केपी ओली र माधव नेपालको मिलेमतोमा आफूविरुद्ध षडयन्त्र गरिएको खनालको आरोप छ ।

पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालीन पार्टी एकता संयोजन समितिका सदस्य खनालले जानाजान आफ्नो अनुपस्थितमा पार्टी एकता गरिएको गुनसोसेमत गरेका छन् ।

पार्टी एकता हुँदा चीनमा रहेका खनालले एकता हुने अघिल्लो दिन केपी ओलीलाई चीन जान लागेको बताउँदा पनि एकताको जानकारी नदिइएको बताए ।

आफू स्वास्थ्य उपचारका सिलसिलामा चीन गएको खनालले बताएका छन् ।

खनालको पक्षमा इश्वर पोखरेल र भीम रावलसमेत उभिएको बताइएको छ । एकतापछिको नेता व्यवस्थापनप्रति पोखरेल र रावलसमेत असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस
ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...

ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिव, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिवको उम्मेदवार

    नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष...