केपी र माधवको कठालो समात्छु भन्दै यसरी रन्किए झलनाथ खनाल,आजै वार की पार गर्ने



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीको चौँथो वरियताका नेता झलनाथ खनालले आफूलाई दिइएको वरियताप्रति असन्तुष्टी जनाएका छन् ।

नेता खनालले आजै पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्डलाई भेटेर आफ्नो असन्तुष्टी व्यक्त गर्ने बताइएको छ ।

खनालले माधव नेपालभन्दा तल पारिएको वरीयता अस्वीकार गरेका हुन् । तत्कालीन एमालेका अध्यक्ष केपी ओली र माधव नेपालको मिलेमतोमा आफूविरुद्ध षडयन्त्र गरिएको खनालको आरोप छ ।

पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालीन पार्टी एकता संयोजन समितिका सदस्य खनालले जानाजान आफ्नो अनुपस्थितमा पार्टी एकता गरिएको गुनसोसेमत गरेका छन् ।

पार्टी एकता हुँदा चीनमा रहेका खनालले एकता हुने अघिल्लो दिन केपी ओलीलाई चीन जान लागेको बताउँदा पनि एकताको जानकारी नदिइएको बताए ।

आफू स्वास्थ्य उपचारका सिलसिलामा चीन गएको खनालले बताएका छन् ।

खनालको पक्षमा इश्वर पोखरेल र भीम रावलसमेत उभिएको बताइएको छ । एकतापछिको नेता व्यवस्थापनप्रति पोखरेल र रावलसमेत असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...