कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण



बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको छ ।

कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको हो ।

बिर्तामोड नगरपालिकाभित्रका आठवटा कृषक समूहलाई प्रतिसमूह एउटा हाते ट्र्याक्टर र २० वटा समूहलाई मकै छोडाउने मेशिन वितरण गरिएको नगर प्रमुख धु्रवकुमार शिवाकोटीले बताउनुभयो ।

हाते ट्र्याक्टर खरिदमा समूहको १५ प्रतिशत र नगरपालिकाको ८५ प्रतिशत अनुदान रहेको बिर्तामोड नगरपालिकाका कृषि अधिकृत राजेन्द्र कडरियाले बताउनुभयो । प्रतिहाते ट्र्याक्टर खरिदमा दुई लाख २५ हजार र मकै छोडाउने मेशिन रु १८ देखि २६ हजारसम्म लागतको रहेको छ ।

बिर्तामोड नगरपालिकाले आफ्नो योजनामा कृषिलाई मुख्य प्राथमिकता दिएकाले कृषकको सहुलियतका लागि कृषि सामग्री वितरण गरिएको बिर्तामोड नगरपालिकाका प्रमुख सिवाकोटीको भनाइ छ ।

उहाँले कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले यस वर्ष रु एक करोड ५६ लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
किसानको आन्दोलनमा एमाले बागमती प्रदेश कमिटिको एक्यबद्धता

  नेकपा एमाले बागमती प्रदेश कमिटिले किसानको आन्दोलनमा एक्यबद्धता जनाउदै किसानहरुलाई समयमा भुक्तानि

दूधको भुक्तानी दे, किसान मार्न पाइँदैन भन्दै कृषिमन्त्रीको राजीनामा माग

    किसानहरूले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कृषिमन्त्रीको राजीनामा मागसहित चक्काजाम गरेका छन्

१६ बुँदे माग राख्दै दुग्ध उत्पादक किसानले गरे आन्दोलन घोषणा

      दूध उत्पादक किसानहरूले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण

डीडीसीले अझै तिरेन १ अर्ब, दूध बेचेको पैसा नपाउँदा किसान सडकमा

    चितवनका दूध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण