जेट विमानमा दुईजना मात्रै पाइलट हुँदैनन् भन्दै योगेश भट्टराईले केपी ओलीलाइ दिए यस्तो दनक



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले नवगठित पार्टीमा नेताहरुको जिम्मेवारी बाँडफाँट गर्न बाँकी रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले अहिलेको नेतृत्वले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ भने पनि केपी ओली र प्रचण्ड नै अभिभावकको भूमिका रहेको बताए ।

“सिङ्गल इन्जिनवाला विमान होइन । जेट विमान हो । दुईजना मात्रै पाइलट हुँदैनन् । छेउमा अरु पनि हुन्छन् । सबैको निगरानी भइरन्छ ।” भट्टराईले बताए ।

जेट विमान चलाउनका लागि ओली र प्रचण्ड अहिले अभ्यासको चरणमा रहेको उनले बताए । आफूहरु पनि पाइलटकै भुमिकामा ओली र प्रचण्डसँगै रहेको उनको तर्क छ ।

https://www.youtube.com/watch?v=cv2tPZqhFkk

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...