‘गोल्ड डन’गोरे नै अपहरणमा परेको यसरी खुल्यो यस्तो तथ्य,को थिए अपहरणकारी?



हाम्रो इकोनोमि

सुन तस्करी कारोबारकै कारण ‘गोल्ड डन’ को संज्ञा पाएका चुँडामणि उप्रेती ‘गोरे’ नै ३३ किलो सुन तस्करी काण्डमा अपहरणमा परेको पछिल्लो अनुसन्धानले खुलासा गरेको छ ।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिको अनुसन्धानले ३३ किलो सुन तस्करी र सुन हराएको विषयमा सनम शाक्यलगायतलाई चरम यातना दिएका गोरे नै अपहरणमा परेको नयाँ सहस्य बाहिर आएको छ । गोरेले दिएको यातनाबाट सुन भरिया सनम शाक्यको मृत्यु भएपछि गोरे फरार छन् । सनमलाई यातना दिनुअघि गोरे नै अपहरणमा परेको छानबिन समितिको अनुसन्धानबाट खुलेको छ । यस रहस्यले सुन काण्डप्रति चासो राखिरहेका सबैलाई चकित पारेको छ । लुटिएको ३३ किलो सुनका मालिक मोहन अग्रवालले गोरेलाई अपहरण गरी यातना दिएको अनुसन्धान समिति स्रोतले जानकारी दिएको छ ।

तस्करीको सुन ल्याउन त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा सेटिङ मिलाउने जिम्मा गोरेको थियो । सुन कहाँ, कसलाई, कहिले दिने चाँजोपाँजो राप्रपा (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङले मिलाउने गरेको पाइएको छ । विमानस्थल आइपुगेको सुन विमानस्थलका कर्मचारीले भजुङले भनेको ठाउँ ल्याई दिन्थे । फागुन पहिलो साता आएको दुबईबाट आएको तस्करीको ३३ किलो लुटियो । विमानस्थलबाट आएको सुन भुजुङले भनेको मान्छेलाई दिन थाई एयरका लोडर सानु बन अनामनगर पुगे ।

त्यो दिन भुजुङ सुन अरूलाई दिने पक्षमा थिएनन् । बरू आफै लिने योजनामा थिए । गोरेले पठाएका मानिसले सानुबाट सुन लुटे । सुन लुटिएको खबर गोरे, भुजुङ हुँदै मोहन अग्रवालसम्म पुग्यो । ३३ किलो सुन अग्रवालले नै मगाएका थिए ।
‘मलाई जसरी पनि सुन चाहिन्छ,’ भन्दै अग्रवालले सुन खोजी थाले । ‘सुन कसले लुटेको नखुलेपछि अग्रवालले गोरेलाई नै अपहरण गरी अज्ञात स्थलमा लगे र यातना दिन थाले,’ समिति स्रोतले भन्यो । अग्रवालका मान्छेहरूको पिटाइबाट गोरे घाइते समेत भएको अनुसन्धानले देखाएको छ ।

‘जसरी भए पनि सुन निकाल्छु, दैनिक कामको प्रगति दिन्छु’ भन्ने वाचा गरेपछि अग्रवालले गोरेलाई छाडिदिएको पाइएको छ । अपहरणमुक्त भएपछि गोरेले हराएको सुन खोज्न भुजुङसँग कुरा गर्न खोजे । भुजुङले भेट्न मानेनन् । सहयोगी पठाए । भुजुङका सहयोगीसँग गोरेको बैठक बस्यो । गोरेले भने– हराएको सुन जसरी भए पनि खोज्नु पर्छ हैन भने मेरो बेहाल हुन्छ । काम देखाउन उनले त्यो मिटिङको भिडियो बनाएर अग्रवाललाई पठाएको पाइएको छ । आफ्ना समूहका सबैको एकएक गर्दै वयान लिएर भिडियो बनाएर अग्रवाललाई पठाए ।

सनम शाक्यलाई यातना दिएको भिडियो पनि गोरेले अग्रवाललाई पठाउन बनाएका थिए। स्रोतका अनुसार अग्रवालको कुटाइबाट घाइते गोरेले सुन खोज्न भन्दै आफ्नै समूहका सबैलाई कुटे । यातना दिए । गोरेले शुरूमा गौरीघाटको एक वर्कसपमा लगेर केरकार थालेका थिए । गोरेको यातनाकै कारण सानु बनले पनि आत्महत्या गरेको छानबिन समितिको ठहर छ । ‘सुन नेपाल ल्याउने जिम्मा गोरेको भएकाले अग्रवालले भुजुङभन्दा पहिला गोरेलाई समाते र यातना दिए,’ स्रोतले भन्यो, ‘ यातना पाएपछि गोरे झनै सुरो भयो र अरुलाई यातना दिन थाल्यो ।’

सनम शाक्यलाई यातना दिइरहेको एउटा भिडियोमा गोरेले सुन फेला नपरेको तनावले आफू २० किलो घटेको बताएको भिडियो समेत भेटिएको छ । ‘म २० किलो घटिसकें सुन कहाँ छ भन्,’ उक्त भिडियोमा गोरेले भनेका छन् ।
स्रोत भन्छ, ‘सुन लुटेरा र सानु बनबीच सम्बन्ध छ, हराएको सुन खोजी हुन थालेपछि सानुलाई लुटेरा समूहले मुख खोले बाँकी नराख्ने धम्की दिएका थिए, भने यता गोरेले त यसै यातना दिँदै आएका थिए, त्यही यातनाको तनावले सानुले आत्महत्या गरे ।’ गोरेले आफ्ना सहयोगीलाई नै दिएको यातनाका १८ वटा भिडियो फेला परेका छन् । समितिले प्रमाणका रूपमा ती भिडियो अदालत पेश गरेको छ ।

कहाँ छन् गोरेको अपहरण गर्ने अग्रवाल ?

सुनसरीको धरानस्थित कालिकास्थान घर भएका मोहन अग्रवाल सुन काण्ड चर्किएसँग गायव छन् । ०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भएपछि उनी विमानस्थल हुँदै आउने सुनमा लागेको समितिको अनुसन्धानबाट खुलेको छ । अवैध तरिकाबाट आएको सुन अग्रवालले भोटेबहालमा राख्थे । त्यहींबाट अग्रवालले भारतीय व्यापारीले अर्डर गरे अनुसार सुन भारत पठाउँथे । सनम शाक्यको हत्यापछि अग्रवाल अहिले फरार छन् ।

२०७० असार २६ गते केन्द्रीय अनुसन्धान ब्युरोले कोटेश्वरबाट बरामद गरेको ३५ किलो अवैध सुनका मालिक पनि अग्रवाल नै थिए । त्यो मुद्दामा उनी राजश्व अनुसन्धान विभागमा जरिवाना तिरेर उम्किएका थिए । शुरुमा उनी ग्याम्जो लामासँग मिलेर तस्करीको सुन काठमाडौं भित्र्याउँथे । गृह मन्त्रालयले बनाएको छानबिन समितिले पछिल्ला पाँच वर्षमा झन्डै ३८ क्विन्टल तस्करीको सुन नेपाल भित्रिएको निष्कर्ष निकालेको

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...