यस्तो घरमा बस्थे सुन तस्करका नाईके गोरे, भारतको सिलगुडीतिर लुकेको आशंका



हाम्रो इकोनोमि

राजधानीको गुहेश्वरी मन्दिरको ठ्याक्कै पारिपट्टी मुल सड्कबाट केही मिटर भित्र पहेलो रंगको साढे दुईतले घर देखिन्छ ।

चिटिक्क परेको उक्त घरको बाटोहुँदै हिँड्नेहरुको नजर आजभोलि त्यो घरमा ठोक्किन्छ नै, किनकी त्यो सुन तस्करीमा संलग्न मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ बस्ने घर हो ।

दुबईबाट ल्याएको साढे ३३ किलो सुन हराएपछि ‘गोरे’ ले सुनका भरियालाई त्यही घरमा बोलाएर अपराध महाशाखाका तत्कालिन प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेलको सहयोगमा सोधपुछ गरेका थिए ।

सादा पोशाकमा हरेक समय कम्मरमा पेस्तोल भिरेर हिँडने सई सञ्जेलले सुनका भरिया नरेन्द्र कार्कीलाई यही घरमा धम्काएका थिए ।

गौरीघाटस्थित सोही घरमा पेस्तोल निकाल्दै सञ्जेलले ‘सुन नदेखाए गोली हानिदिन्छु’ भन्दै कार्कीलाई धम्क्याएको सुन तस्करी छानविन समितिले गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

‘गोरे’ को घर हुँदै हिँड्थिन् रक्षा भण्डारी ।

उमेरले करिब १८–२० पुगेकी भण्डारीले भर्खरै प्लस टु पास गरेकी थिर्ईन् ।

आफ्नो घर नजिकैबाट हिँड्ने सुन्दरीसँग एकदिन गोरेको आँखा ठोक्कियो ।

तस्करी गरेर अकुत कमाएका गोरेले प्रेम जाल बिछ्याए ।

रक्षा गोरेको जालमा परिन् ।

गोरेका छिमेकीका अनुसार उनको घरबाट करिब ५ सय मिटरमा दूरीमा रक्षाको घर छ ।

आफ्नी प्रेमिका रक्षालाई स्कुटर किनिदिएका गोरेले यसपाला रक्षाको घरको तला थपिदिने बचन दिएका थिए ।

तर, सुन तस्करी बाहिरिएसँगै प्रेमिकालाई दिएको उक्त बाचा अधुरै छ ।

गौरिघाटस्थित गोरेको यो घरमा अहिले उनका बावु नेत्र उप्रेती र परिवारका अन्य सदस्य बस्दै आएका छन् ।

यो घरमाथि अहिले प्रहरीको निगरानी पनि छ ।

गोरेका बावु पनि नेपाल प्रहरीको अवकास प्राप्त जुनियर अफिसर भएको गौरिघाटका एक स्थानीयले जानकारी दिएका छन् ।

सुन तस्करीमा संलग्न भरिया सनम शाक्यलाई यातना दिने क्रममा मृत्यु भएसँगै गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितीले छानविन गरिरहेको छ ।

रातोपाटीले जनाएको छ । तस्करीका मुख्य नाईके ‘गोरे’ भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...