यस्तो घरमा बस्थे सुन तस्करका नाईके गोरे, भारतको सिलगुडीतिर लुकेको आशंका



हाम्रो इकोनोमि

राजधानीको गुहेश्वरी मन्दिरको ठ्याक्कै पारिपट्टी मुल सड्कबाट केही मिटर भित्र पहेलो रंगको साढे दुईतले घर देखिन्छ ।

चिटिक्क परेको उक्त घरको बाटोहुँदै हिँड्नेहरुको नजर आजभोलि त्यो घरमा ठोक्किन्छ नै, किनकी त्यो सुन तस्करीमा संलग्न मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ बस्ने घर हो ।

दुबईबाट ल्याएको साढे ३३ किलो सुन हराएपछि ‘गोरे’ ले सुनका भरियालाई त्यही घरमा बोलाएर अपराध महाशाखाका तत्कालिन प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेलको सहयोगमा सोधपुछ गरेका थिए ।

सादा पोशाकमा हरेक समय कम्मरमा पेस्तोल भिरेर हिँडने सई सञ्जेलले सुनका भरिया नरेन्द्र कार्कीलाई यही घरमा धम्काएका थिए ।

गौरीघाटस्थित सोही घरमा पेस्तोल निकाल्दै सञ्जेलले ‘सुन नदेखाए गोली हानिदिन्छु’ भन्दै कार्कीलाई धम्क्याएको सुन तस्करी छानविन समितिले गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

‘गोरे’ को घर हुँदै हिँड्थिन् रक्षा भण्डारी ।

उमेरले करिब १८–२० पुगेकी भण्डारीले भर्खरै प्लस टु पास गरेकी थिर्ईन् ।

आफ्नो घर नजिकैबाट हिँड्ने सुन्दरीसँग एकदिन गोरेको आँखा ठोक्कियो ।

तस्करी गरेर अकुत कमाएका गोरेले प्रेम जाल बिछ्याए ।

रक्षा गोरेको जालमा परिन् ।

गोरेका छिमेकीका अनुसार उनको घरबाट करिब ५ सय मिटरमा दूरीमा रक्षाको घर छ ।

आफ्नी प्रेमिका रक्षालाई स्कुटर किनिदिएका गोरेले यसपाला रक्षाको घरको तला थपिदिने बचन दिएका थिए ।

तर, सुन तस्करी बाहिरिएसँगै प्रेमिकालाई दिएको उक्त बाचा अधुरै छ ।

गौरिघाटस्थित गोरेको यो घरमा अहिले उनका बावु नेत्र उप्रेती र परिवारका अन्य सदस्य बस्दै आएका छन् ।

यो घरमाथि अहिले प्रहरीको निगरानी पनि छ ।

गोरेका बावु पनि नेपाल प्रहरीको अवकास प्राप्त जुनियर अफिसर भएको गौरिघाटका एक स्थानीयले जानकारी दिएका छन् ।

सुन तस्करीमा संलग्न भरिया सनम शाक्यलाई यातना दिने क्रममा मृत्यु भएसँगै गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितीले छानविन गरिरहेको छ ।

रातोपाटीले जनाएको छ । तस्करीका मुख्य नाईके ‘गोरे’ भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...