मोहन वैद्य भन्छन् माओवादी एमालेमा विलय भयो, नवगठित नेकपा केही वर्षभित्रै फुट्छः बिजुक्छे



हाम्रो इकोनोमि

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले माओवादी केन्द्र एमालेमा विलय भएको टिप्पणी गरेका छन् । प्रदेश १ स्तरीय युवा प्रशिक्षण कार्यक्रममा ओखलढुंगा आएका वैद्यले दुई पार्टीको एकीकरणबाट नेकपा बनेको नभइ माओवादीको एमालेमा विलय भएको दावी गरे । उनले दुई पार्टीबीचको एकता नभएर दक्षिणपन्थी अवसरवादी धारबीचको मिलन भएको टिप्पणी गरेका छन् । ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा उनले अब क्रान्तिकारी कम्युनिष्टहरुको धुव्रीकरणमा नयाँ जनवादी धारको विकास गर्ने बताए ।

 

विगतको झापा आन्दोलनदेखि दस वर्षे जनयुद्ध गरेर आएकाहरु सबै इतिहास भुलेर सत्तामा गएको उनको जिकिर छ ।वैद्यले वालकृष्ण ढुंगेलको उदाहरण दिँदै आफैंले नेतृत्व गरेको आन्दोलनका कार्यकर्ता जेलमा रहेका बेला त्यही पार्टीका नेता सरकारमा रहनु विचित्र भएको टिप्पणी गरे ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभएको टिप्पणी गरेका छन् ।  अध्यक्ष बिजुक्छेले पदीय भागबन्डाको आधारमा दुई पार्टीबीच एकता भएकाले त्यो टिकाउ नहुने तर्क गरेका हुन् ।

शुक्रबार भक्तपुरमा स्थानीय सञ्चारकर्मीमाझ उनले पार्टी एकताको आधार सिद्धान्त नभएकाले केही वर्षभित्रै नवगठित नेपाल कम्युनिष्ट पार्टीमा फुट आउने ठोकुवा समेत गरे ।

अध्यक्ष बिजुक्छेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षा फौजनै नेपालमा आउनु मुलुकको निम्ति लज्जाबोधको विषय भएको पनि बताए । उनले मोदीको नेपाल भ्रमणमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन समेत पहल नगरेको भन्दै प्रधानमन्त्री ओलीको पनि आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...