प्रधानमन्त्री ओलीले भने-पूर्वराजालाई म संयोजक रहने गणतन्त्र मनाउने समितिमा बस्न भेटेरै प्रस्ताब गर्छु



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ को गणतन्त्र दिवस मूल समारोह समितिमा रहन पूर्वराजा ज्ञानेन्द्रसमक्ष आफूले प्रस्ताव लिएर जाने बताएका छन्। गृह मन्त्रालयमा शुक्रबार भएको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बौल्दै प्रधानमन्त्री ओलीले उपरोक्त कुरा बताएका हुन्।

‘यस बर्ष यस्तै भयो, अर्को बर्ष गणतन्त्र मनाउने मूल समारोह समितिमा रहन म आफै प्रस्ताव लिएर पूर्वराजा कहाँ जानेछु’ ओलीले भने, ‘अब राजतन्त्र फर्कंदैन। त्यसैले, राजतन्त्र फर्कन्छ भन्ने भ्रम छाडेर पूर्वराजा पनि गणतन्त्र मनाउन हामीसँगै आउनु पर्छ।’

राजतन्त्रलाई धर्मसँग जोड्ने गरिएको कुराप्रतिपनि ओलीले बैठकमा आपत्ति जनाएका थिए। ‘शाह राजबंशको ईतिहास २ सय ४० बर्षको हो, तर सनातन हिन्दू धर्म परापूर्व कालदेखि चलेको हो’ ओलीले भने, ‘त्यसैले, सनातन हिन्दू धर्मलाई राजतन्त्रसँग जोड्नु हुँदैन।’

आफूले २०२३ सालमा संयुक्त राष्ट्रसंघको बडापत्र पढेको बताउँदै ओलीले कसैको जन्मसिद्ध अधिकार भन्ने पाखण्डी कुरा भएको बताए। ‘शासनमा जन्मसिद्ध अधिकार भन्ने कसैको पनि हुँदैन’ ओलीको भनाई थियो, ‘शासन गर्ने अधिकार त जनताको मन जितेर, प्रतिस्पर्धाबाट मात्र प्राप्त गर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस
उजुरी दिन साइबर ब्युरोमा अमिशा

    साइबर हिंसामा परेकी एमालेकी समर्थक अमिशा पराजुलीले आफ्नो चरित्र हत्या गर्ने...

पत्रकारिता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको २०औँ वर्ष प्रवेश तथा महासंघको...

वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै अभिमुखीकरण तालिम दिने

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम सरकारले नै...

चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...