गृहमन्त्री बादलको निर्देशन पछी कामचोर ठेकेदार सिरूवा कन्ट्रक्सनका सुरेन्द्र वस्नेत पक्राउ



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएको दुई दिन नबित्दै समयमा नै काम नसकेको भन्दै सिरूवा कन्ट्रक्सनका सुरेन्द्र वस्नेत पक्राउ छन्।

गृह मन्त्रालयमा गृहसचिव, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँ र ललितपुर महानगरपालिका मेयर, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितको बैठकमा उनले यस्तो निर्देशन दिएका थिए । गृहमन्त्री थापाले निर्णयहरुको कार्यान्वयन फितलो भएकोमा असन्तुष्टि समेत व्यक्त गरे।

सम्पन्न गरेका काम पनि कमसल हुनेजस्ता कार्यमा संलग्न ठेकेदारहरुको सूची तयार पार्न निर्देशन दिँदै उनले भने, ‘त्यस्ता ठेकेदारहरुको सूची बनाएर सच्चिन अल्मिेटम दिनुहोस्, अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने पक्राउ गर्नुस्।’

सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्न उनले निर्देशन दिएका छन्। अर्को बैठकमा आउँदा यसअघि भएका निर्णयहरु केकति कार्यान्वयन भए त्यसको विवरण सहित आउन पनि उनले निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...