प्रचण्ड संग एकै चिहानमा पुरिने इच्छा थियो तर उहाँले गति छोड्नु भयो सती जान सकिन भन्दै गोपाल किराँती पड्किए



हाम्रो इकोनोमि

एमालेसँग एकीकरण भएपछि अब माओवादी केन्द्रको नेतृत्व गोपाल किराँतीले गर्ने भएका छन्। गत असोज १६ गते अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग एकीकरण गर्ने प्रस्ताव गरेदेखिनै असहमत गोपाल किराँती माओवादी पुनर्गठनमा लागेका हुन्। किराँतीको नेतृत्वमा माओवादीले राष्ट्रिय भेला आयोजक समिति बनाइसकेको छ।

यस्तै विभिन्न जिल्लामा संयोजक समेत तोकिसकेको किराँतीले देश सञ्चारलाई जानकारी दिएका छन्। उनका अनुसार झापा, मोरङ, सुनसरी, धनकुटा, ताप्लेजुङ, भोजपुर, सोलुखुम्बु, खोटाङ, बारा, पर्सा, रुपन्देही, स्याङ्जा, कैलाली, डडेलधुरा, अछाम र हुम्लामा माओवादी केन्द्रले संयोजक तोकिसकेको छ।

किराँतीको नेतृत्वमा माओवादी केन्द्रलाई निरन्तरता दिने र तत्कालै पार्टी पुनर्गठन गर्ने भएका छन्। एमालेसँगको एकीकृत पार्टीमा नअटाएका धेरै केन्द्रीय सदस्य आफुसँग आउने किराँतीले बताए।

‘अब अगाडी बढ्छौं । हिजोबाट हाम्रो बाटो खुल्ला भयो। २६ जिल्लामा सम्पर्क भैसकेको छ। माक्सवाद, लेनिनवाद, माओवादको बिचार माओवादी केन्द्रको थियो। प्रचण्डले छाड्नुभयो। हामीले निरन्तरता दिन्छौं’, उनले भने, ‘माओवादी केन्द्र बनाउँदा आउने महाधिवेशनमा छलफल वहश अध्यनबाट कार्यदिशा संस्लेशषण गर्छौं।’

चाँडै राष्ट्रिय भेला गरेर महाधिवेशन गर्ने तयारीमा लागिसकेको समेत उनले बताएका छन्। माओवाद मान्नेको बिचमा खेमा बनाउने र यसका लागि वैद्य र विप्लवसँग छलफल गर्ने उनले बताएका छन्। वैद्यसँग एक चरणमा कुरा भैसकेको समेत उनले जानकारी दिए।

किराँतीले भने, ‘अहिले बन्दुक उठाउँदैनौं, किनभने उपलब्धि र कमजोरी सहितको संविधान बनेको छ। गणतन्त्र लगायतको उपलब्धि रक्षा गर्न र कमजोरी सच्याउँने हाम्रो नीति हो। यहि नीतिमा अगाडी बढ्छौं।’

प्रचण्डभन्दा वैद्य विप्लव नजिकका भए ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘ वैद्य, विप्लव र हामी माओवाद नै मान्नेहरु हौं, प्रचण्डले माओवाद छाड्नुभयो, हाम्रो क्रान्तिकारी खेमा हुन्छ, प्रचण्ड र ओलीलाई दक्षिणपन्थि खेमा भन्छौं हामी।’

प्रचण्डले बल प्रयोगको आधारमा राजनीतिक कार्यदिशा र पहिचानको मुद्दा छाडेको किराँतीले आरोप लगाएका छन् । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा लम्पसार परेर खड्ग ओलीलाई सहयोग गर्नुभयो। अभिनन्दन भनेको विशेष योगदान गरेको आधारमा गरिन्छ, नरेन्द्र मोदीलाई बिनाकुनै योगदान अभिनन्दन गरेर चाकडी गर्नुभो’, उनले भने, ‘नरेन्द्र मोदीको भ्रमणको बहानामा भारतीय सेना परेट खेल्ने मैदान नेपाललाई बनाइयो, यस्ता गल्ति गर्नेसँग हामी एक ठाउँमा बस्न सक्दैनौं।’

असोज १६ गते प्रचण्डले एमालेमा विलयको कुरा ल्याएपछि नै आफूले बिलय हुने कुरामा बिमती राखेको बताएका छन्। बिलय रोक्न र गठबन्धन मात्रै गर्न सुझाव दिँदा पनि प्रचण्डले नमानेको उनको भनाई छ।

तपाईंचाहिँ पदमा चित्त नबुझेर नजानु भएको हो कि ? भन्ने जिज्ञासामा उनले भने – ‘पद प्रतिष्ठाका कारण म नगएको हैन। मलाई त प्रदेशले मुख्यमन्त्रीको निर्णय गरेको थियो। त्यता ध्यानाकर्षण गरेको भए अहिले म एक नम्बर प्रदेशको मुख्यमन्त्री हुन्थें। तर मेरो निम्ती बिचार मुख्य हो। बिचार संघर्ष गर्नका निम्ती सांसद, मन्त्री केहि पनि भइएन।’

उनले आफूलाई मात्रै नभई जनयुद्ध लडेर क्रान्ती गरेर आएकाहरु सबैलाई धोका दिएको समेत बताएका छन्। ‘पूर्वमा हामीले किरात वर्कस पार्टी सञ्चालन गरेका थियौं, पछि माओवादी भएर १५ वर्ष काम गरियो। २०६० सालको असारदेखि प्रचण्डको नेतृत्वमा काम गरियो तर अब उहाँ बिचारमा पलायन भएपछि सती जान सकिएन।’

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...