ओली सरकारले ४ खर्ब खर्च गरेर १० वर्षमा यी ठाउँमा यस्ता एयरपोर्ट बनाउने भयो



पहिलो पटक स्पष्ट बहुमत सहित बनेको कम्युनिष्ट सरकारले देशको पर्यटन क्षेत्रको विकास लागि भन्दै अन्तर्राष्ट्रिय विमानस्थलदेखि क्षेत्रीय र अन्य विमानस्थल निर्माणमा बार्षिक ४० अर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।

यो सरकारले पर्यटक आगमनमको संख्या दश वर्षमा ५० लाख पु¥याउने लक्ष्य लिएको छ । तर, ५० लाख पर्यटक ल्याउँन आवश्यक पूर्वधार भने दश वर्षमा निर्माण गर्ने भनेजस्तो सरकारलाई सहज छैन । सरकारले २०१३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम थाले पनि पाँच वर्षहुँदासम्म कुनै प्रगति हासिल गरेको छैन ।

देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिमा स्पेनिस कम्पनी सान्जोसेसँगको ठेक्का सम्झौता रद्द भएको १८ महिना हुँदा पनि बाँकी रन वे विस्तारको काममा ठेक्का हुने सकेको छैन ।

तर, बढी भन्दा बढी पर्यटक ल्याउन कम्युनिष्ट सरकारले बार्षिक ४० अर्ब रुपैयाँ विमानस्थल निर्माणमा खर्च गर्नुपर्ने योजना अगाडि सारेको छ । यो सरकारले सन् २०१८ भित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य अगाडी सारेको छ ।

तर, निर्माण कम्पनीले अहिलेसम्म ४० प्रतिशत मात्रै काम गरेको छ । यसैगरी यो सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

पोखरा विमानस्थल निर्माणमा भने निर्माण कम्पनीले काममा तीब्रता दिएको छ । यसैगरी सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सात वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य अगाडि सारेको छ । यसैगरी सात वर्ष भित्र विराटनगर, नेपालगञ्ज, दाङ र धनगढी विमानस्थललाई क्षेत्रिय विमानस्थलको रुपमा परिणत गर्ने महत्वकांक्षी योजना अगाडि सारेको छ ।

कम्युनिष्ट सरकारले सुर्खेतमा पनि क्षेत्रीय विमानस्थल निर्माण गर्ने र उदयपुरमा पनि विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ । साथै पर्यटन विकासका लागि सैलुङ, माथिलो मुस्ताङ र रामारोशनमा पनि सुविधासम्पन्न विमानस्थल निर्माण गर्ने कम्युनिष्ट सरकारको लक्ष्य छ ।

सरकारले दार्चुला, जुम्ला,सुर्खेत, डोल्पा, म्यादी, भद्रपुर र सोलुको आन्तरिक विमानस्थलको स्तरोन्नति गर्ने सरकारको योजना छ । यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले देशको एकमात्र अन्तराष्ट्रिय बिमानस्थलमा बढ्दो एयर ट्राफिकलाई ब्यवस्थापन गर्न भन्दै काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल बनाउनको लागि प्रक्रिया अगाडि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन