आईजीपी सर्वेन्द्र खनालले पुलिसलाई पक्का पुलिस बनाउछु भन्दै यस्ता सुनाए यस्ता दर्जन सूत्र



हाम्रो इकोनोमि

नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले संगठन सुदृढीकरणकालागी १० प्राथमिक्ता अघि सारेका छन । आईजीपीमा नियुक्त भएपछि पहिलो पटक उनले आफ्ना प्राथमिक्ता अघि सारेका हुन । आईजीपीको पहिलो प्राथमिक्तामा संघिय संरचनामा प्रहरी संगठनको औचित्यपूर्ण व्यवस्थापन, दोस्रोमा संगठित अपराध, महिला तथा वालवालिकामाथिको अमानविय कार्यप्रति कानुनी कठोरता परेको छ भने विधिको साशन सुनिश्चितताकालागी फौजदारी अपराध संहिताको कार्यान्वयनमा वस्तुनिष्ठ आधार निमार्ण गर्नु तेस्रो प्राथमिक्तामा परेको छ ।

त्यसैगरि मानव अधिकारको प्रवद्र्धन तथा जोखिममा परेका वर्गहरुलाई विशेष कानुनी संरक्षण गर्नु चौथो प्राथमिक्तामा परेको छ भने प्रहरी कर्मचारीहरुको व्यवसायिक्ता, पारदर्शीता र निष्ठामा उत्कृष्ठता पांचौ प्राथमिक्तामा राखेका छन । छैठौ प्राथमिक्तामा नागरिक मैत्री प्रहरीको रुपमा छवि विस्तार गर्ने, सातौमा संगठन सुद्धीकरण परेको छ । जस अन्र्तगत उनले भ्रष्टाचारमाथी सुन्य सहनसिलता र आन्तरिक सुद्धिकरण परेको छ ।

त्यसैगरि आठौमा निर्भीक तथा प्रविधियुक्त प्रहरी मानवस्रोतको विकासकालागी विशेष प्रशिक्षण चलाउने बताएका छन भने  नवौ प्राथमिक्तामा स्रोत साधनको चुस्त व्यवस्थापन गरेर प्रहरी कर्मचारीको वृति विकास परेको छ भने  प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउदै नमुना संगठन र प्रहरी संगठनलाई सुशासनको पहरेदार बनाउने  दशौ प्राथमिक्तामा परेको छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...