प्रधानमन्त्री कार्यालय छोडेर केपी ओली किन गृह मन्त्रालय जादैछन् ?



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली केही समयपछि गृहमन्त्रालय जादैंछन्। माओवादी केन्द्रसँग पार्टी एकीकरणको भाेलिपल्ट प्रधानमन्त्री ओली गणतन्त्र दिवसको तयारी बैठकको जानकारी लिन गृह जान लागेका हुन्।

मन्त्रालय स्रोतअनुसार प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस तयारीबारे ब्रिफिंग लिनेछन् एवं तयारी बैठकमा निर्देशन दिनेछन्। प्रधानमन्त्री मन्त्रालयको तयारी बैठकमा सहभागी हुन लागेको सम्भवत यो नै पहिलो घटना हो।

गत वर्षहरूमा गणतन्त्र दिवसमा सरकारले प्रदान गर्ने पदक एवं विभूषण विवादित बनेकाे बारे पनि प्रधानमन्त्रीले चासो देखाएकाे स्राेतले बतायाे। यसअघि गृहसचिव रहेका हालका मुख्यसचवि लोकदर्शन रेग्मीले यो वर्ष पनि पुनः आफूले अाफैँलाइ पदकका लागि सिफारिश गरेको स्रोतले बतायो। गत वर्ष गृहसचिव हुँदा रेग्मीले आसेपासेसहित आफ्ना पितालाई पदक दिलाएका थिए। निर्णय गर्नेहरूकाे अकर्मण्यताका कारणा राज्यले प्रदान गर्ने सम्मान विवादित बन्ने गरेकाे हाे। गणतन्त्र दिवसमा प्रदान गरिने पदक गृह मन्त्रालयले सिफारिश गर्नेगर्छ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...