घोषणासभामा प्रचण्ड रोए,प्रधानमन्त्री ओलीले हँसाउदै कम्युनिष्ट पार्टीलाई तीन चौथाईमा पुर्याउने यस्तो कुरा सुनाए



हाम्रो इकोनोमि

पार्टी एकता घोषणा सभामा बिहीबार साँझ बोल्दै एकीकृत पार्टीका सहअध्यक्ष पुष्पकमल दाहालले यो ऐतिहासिक दिनले आफूलाई खुसी दिएको बताएका छन्। उनले बोल्दाबोल्दै गला अबरुद्ध बनाएर आँखाभरि अाँसु पारेका थिए।

उनले मदन भण्डारीको अवसान भएको दिन पार्टी एकता भएको उल्लेख गर्दै आफूलाई गर्व भएको बताए।
उनले आफूले प्रधानमन्त्रीलाई एकता महत्वपूर्ण हुने भनी अघिल्लै दिन भनेको पनि दाहालले स्मरण गरे।

एकताको महत्व आफूले शब्दमा बयान गर्न नसक्ने पनि उनले बताए। ‘यो अति नै ठूल्ठूला कुराले पनि पूरा हुन्न,’ उनले भने, ‘यो एकता अर्थपूर्ण र बहुआयामिक छ।’

उनले आजको दिन २०४६ सालपछिको सबै कम्युनिस्ट एकै ठाउमा आउन् भन्ने मान्यता पूरा भएको पनि बताए। ‘त्यो जनाअन्दोलनले माले र मार्क्सवादीहरु मिलेका थिए,’ उनले भने।

फेरि मदनलाई सम्झिन चाहन्छु भन्दै उनले मदनले अघि बढएको आन्दोलन र अरु थुप्रै उतारचढावपछि यहाँ आइपुगेको बताए। ‘अब मुलुक अस्थिरतामा धकेल्न हुन्न भनेर नै आफूले एकता गरेको हो,’ उनले भने। ‘साँच्चिकै यो एकता हुन्छ त भन्ने धेरै थिए। केही उतारचढाव हुनु स्वाभाविक थियो र भयो। तर, एकताका लागि पुल भत्काइसकेका थियौँ,’ उनले सम्झिए।
उनले ओलीले खुट्टा काटेर जुत्ता लगाउनुपर्छ भनेको समेत स्मरण गरे। ‘अब यो पार्टीले जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने छ,’ उनले भने।

‘कति पनि हामी त्यसबाट बिचलित हुने छैनौं। आजको दिन संकल्प लिनैपर्छ आदर्शको लागि। २१ सौँ शताब्दी बुझ्ने पार्टी यो हुनुपर्छ। तर सत्ता गएपछि स्खलित हुनुपर्छ,’ उनले भने।

उनले ६० नाघेका आफूजस्ता नेताले धेरै गरेको उल्लेख गर्दै उसबेला आफू मर्न पाइन भन्नेमा झगडा हुनेसमेत स्मरण गरे। ‘म मर्न पाइन भन्नेमा झगडा हुन्थ्यो तर अहिले म सांसद हुन पाउँ भन्नेमा झगडा हुन्छ,’ उनले भने।

उनले त्यसो भन्दे एक छिन रोकिए। उनको आँखाभरि आँसु थियो।
उनले गला अबरुद्ध बनाउँदै भने, ‘जनताले राम्रो काम गर्ने अवसर दिए र त्यो जसरी पनि पूरा गर्नु पर्छ। बिभाजन भोगेर आएको हामी अब एक हुनै पर्छ। मेरै आफ्नो कुरा निरन्तरतामा क्रम भग गरिन।’
त्यसपछि उनी फेरि रोकिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावमा नेपाल कम्युनिष्ट पार्टीले तीन चौथाई मत ल्याउने दावी गरेका छन् ।
पार्टी एकता घोषणा कार्यक्रममा उनले कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ बहुमत सामान्य भइसकेको बताएका हुन् ।

कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ सामान्य जोडघटाउ मात्रै हो । आउदो चुनाव दुई तिहाइको कुरा होइन कम्तीमा तीन चौथाई’ उनले भने ‘कतिपयलाई यो ठट्टा सक्छ, छ महिनाअघि ककसलाई के के कुरा ठट्टा लाग्थ्यो विचार गर्नुस् त ?

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...