६ बुँदे घोषणापत्र संगै नयाँ पार्टीले जन्मायो यस्तो नयाँ कार्यक्रम,एकता घोषणामा खनाल अनुपस्थित



हाम्रो इकोनोमि

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा कम्युनिष्ट पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ ।

दुई पार्टीले बिहीबार एकताको घोषणा गरेका छन् भने निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।

एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं सताब्दीको जनवाद भन्दै आएको थियो । पार्टी एकताको ६ बुँदे घोषणापत्र पढ्दै गर्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने बताए ।

स्रोतका अनुसार एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीको माओवाद दुवैलाई आगामी महाधिवेशनसमा बहसमा लगिने भएको छ ।

अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौं शताव्दीको जनवादबाटै लिइएका छन् । नाममा विवाद हुनेभएपछि बहुदलीय भन्ने शब्द हटाएर जनताको जनवाद भनिएको हो। झलनाथ खनाल भने अनुपस्थित छन्।

पूर्वप्रधानमन्त्री खनाल निकट स्रोतका अनुसार उनी निजी कामका सिलसिलामा चीनमा छन् । खनाल व्यापारिक कामका सिलसिलामा चीन र मलेसियातर्फ बेला बेलामा जाने गर्छन् । उनका छोरा निर्भिक चित्रकार चिनियाँ कम्पनीसँग मिलेर व्यापार व्यवसायमा छन् ।

भैरहवाको गौतमबुद्ध विमानस्थलको ठेक्का लिएर काम नगरेको चिनियाँ ठेकेदार कम्पनीको नेपाली कन्सल्ट्यान्टसमेत हुन् खनालपुत्र निर्भिक । पार्टी एकता संयोजन समितिमा रहेका खनाल जेठको पहिलो साता पार्टी एकीकरण हुने भनिएका बेला ऐतिहासिक अवसर छाडेर व्यापारिक प्रयोजनमा बिदेशिनु लज्जाको विषय बनेको नेकपाका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...