ओली र प्रचण्डले सुवास नेम्वाङ र देव गुरुङलाई निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न पठाए,केही बेरमा दर्ता हुदै



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नयाँ बन्ने नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउन साविक दुवै दलका तर्फबाट दुई नेतालाई जिम्मेवारी दिइएको छ।

एमालेका तर्फबाट सुवास नेम्वाङ र माओवादीको तर्फबाट देव गुरुङ दल दर्ताका लागि आयोग जाने दुवै दलको संयुक्त केन्द्रीय समिति बैठकले निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले आयोगमा नेताहरु पठाउने लगायत आठ वटा प्रस्ताव पारित गरेको हो।

नयाँ दलको ४ सय ४१ केन्द्रीय सदस्यमध्ये बैठकमा उपस्थितहरुले हस्ताक्षर गरेर दल दर्ता गर्न पठाइने बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए।

तीन महिनाभित्र भातृ संगठनको एकीकरण टुंग्याइने

बिहिबार एकीकरण गर्न लागेका एमाले र माओवादी केन्द्रले तीन महिनाभित्र भातृ संगठनको एकीकरण टुंग्याउने भएका छन्। पहिलो संयुक्त केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै केपी शर्मा ओलीले तीन महिनाभित्र भातृसंगठनहरुको एकीकरणलाई टुंग्याइने जानकारी दिए। सबै संगठनहरु एकीकरणमा बिलम्ब नगरिने उनले जानकारी दिएका छन्।

एकीकरणपछि गठन हुने पार्टीमा ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटि र ४ सय ४१ सदस्यीय केन्द्रीय समिति रहनेछन्।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...