ओलीले प्रचण्डलाई र प्रचण्डले ओलीलाई खुवाए सपथ,दुवै पार्टीको सम्पत्ति नयाँ पार्टीको कब्जामा



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्र भंग भएको घोषणा गरेका छन्।
दुवै पार्टीको बालुवाटारमा जारी संयुक्त केन्द्रीय समिति बैठकमा ओलीले पार्टी विघटनको औपचारिक घोषणा गरेका हुन्। एकता प्रक्रियामा रहेका दुवै दलले यसअघि छुट्टाछुट्टै बैठकबाट आ-आफ्नो पार्टी विघटन गरेका थिए।
संयुक्त बैठकपछि निर्वाचन आयोगमा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई दर्ता गराउने तथा राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा गर्ने तयारी छ।

एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् ।
सबैले एकसाथ सपथ लिएका हुन् ।
त्यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए ।
बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...