एमाले र माओवादी पार्टी विघटन पछी संयुक्त बैठक बालुवाटारमा,यस पछी एकै रफ्तारमा यी काम हुने



हाम्रो इकोनोमि

पार्टी एकताको घोषणाबारे एकता संयोजन समितिको बैठकको प्रस्तावलाई अनुमोदन गर्न छुट्टाछुट्टै बैठक बसेका नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त केन्द्रीय समिति बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो। एमालेको केन्द्रीय कमिटी र माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक सकिएपछि संयुक्त बैठक सुरु भएको हो।
एकता प्रक्रियामा रहेका दुवै दलले आजै छुट्टाछुट्टै बैठकबाट आ-आफ्नो पार्टी विघटन समेत गरेका छन्।
संयुक्त बैठकपछि निर्वाचन आयोगमा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई दर्ता गराउने तथा राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा गर्ने तयारी छ।
पार्टी एकीकरणपछि आज साँझ बालुवाटारमा भोजको कार्यक्रम राखिएको छ।

प्रतिक्रिया दिनुहोस
उजुरी दिन साइबर ब्युरोमा अमिशा

    साइबर हिंसामा परेकी एमालेकी समर्थक अमिशा पराजुलीले आफ्नो चरित्र हत्या गर्ने...

पत्रकारिता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको २०औँ वर्ष प्रवेश तथा महासंघको...

वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै अभिमुखीकरण तालिम दिने

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम सरकारले नै...

चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...