केपी र प्रचण्डको रोजाईमा परेर प्रचण्डकै ठाडो प्रस्ताबमा यसरी बने बिष्णु पौडेल एकीकृत पार्टीको महासचिव



हाम्रो इकोनोमि

नेकपा माओवादी र माओवादी केन्द्रबीच पार्टी एकताको मुख्य सुत्राधार विष्णु पौडेल संयुक्त पार्टीको महासचिव बन्ने भएका छन् । दुई पार्टीको एकता संयोजन समितिको बिहीवार बसेको बैठकले ९ सदस्यीय सचिवालय बनाउने र पौडेललाई महासचिव बनाउने निर्णय गरेको हो । सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार

नेपाल, झलनाथ खनाल, वामदेव गौतम, इश्वर पोखरेल, विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासदस्य रहने सचिवालय बनाएको थियो ।

नयाँ पार्टीको महासचिव बन्न लागेका पौडेल एमालेका उपमहासचिव थिए । माओवादीसँगको चुनावी गठबन्धन बनाउन पनि उनले भूमिका खेलेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग ओलीको सम्बन्ध स्थापित गर्न पौडेलले विशेष भूमिका खेलेका थिए ।

२०६५ सालमा बनेको प्रचण्ड सरकारमा पौडेल उर्जा मन्त्री थिए । ओली लगायत पार्टीका प्रभावशाली नेताहरु सरकारमा गएपछि पार्टीका महत्वपूर्ण कामको जिम्मेवारी पौडेलले सम्हाल्दै आएका थिए । प्रचण्ड र ओलीलाई मिलाउन भूमिका खेलेका पौडेललाई प्रचण्डको प्रस्ताबमा महासचिब बनाउने भएको श्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस
पत्रकारिता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको २०औँ वर्ष प्रवेश तथा महासंघको...

वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै अभिमुखीकरण तालिम दिने

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम सरकारले नै...

चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...