पार्टी एकता पछी बालुवाटारमा भब्य भोज हुने,१००० जनाका लागी यसरी पाक्दैछ मिष्ठान्न भोजन



हाम्रो इकोनोमि

एमाले र माओवादी केन्द्रबीच बालुवाटारमा बिहीबार बस्ने संयुक्त बैठकपछि केन्द्रीय सदस्यहरु र अन्य शुभचिन्तकहरु सहभागी हुने गरी आयोजना हुने भोजका लागि अहिले धमाधम तयारी भइरहेको छ।

दुई पार्टीबीच बिहीबार दिउँसो पार्टी एकता घोषणा हुँदैछ। एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने सहमति बनेको छ।

पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ। दुवै पार्टीको अलग अलग केन्द्रीय समितिको बैठकले त्यो विधान अनुमोदन गरेपछि बालुवाटारमा संयुक्त बैठक बस्नेछ।

त्यो बैठकमा केन्द्रीय समितिका ४४१ नेता तथा अरु नेता र शुभचिन्तक पनि हुनेछन् । त्यसपछि बालुवाटारमा ‘भोज’ हुनेछ । संयुक्त बैठकपछि नेता तथा शुभचिन्तकलाई बालुवाटारमा भोज दिने तयारी छ ।

अहिले देखिनै त्यसका लागि एक क्याटरिङ्गले तयारी गरिरहेको छ । बेलुका १००० जना सम्म लाई खाना खुवाउने जिम्मा कार्की क्याटरिङ्गले लिएको देश संचारले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...