एकीकृत पार्टीमा ९ सदस्यीय हाईकमाण्ड रहने,हाई कमाण्ड र स्थायी कमिटीमा अटाएका यी हुन् भाग्यमानी



एमाले र माओवादीको एकता निर्णय अनुमोदन गर्न दुवै पार्टीको केन्द्रीय समितिको अलग अलग बैठक जारी छ। पार्टी एकता संयोजन समितिको बैठकले गरेका निर्णय अनुमोदनका लागि दुवै पार्टीको बैठक बसेको हो।

एमाले बैठक बालुवाटार र माओवादीको केन्द्रीय कमिटिको बैठक खुमलटारमा जारी छ।

यो बैठकपछि एकीकृत पार्टीको संयुक्त बैठक बालुवाटारमा बस्नेछ।

एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । यो पार्टी सञ्चालनमा निर्णायक हुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ ।

हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

संगठनको काम गर्ने जिम्मेवारीसहित पौडेललाई महासचिवको जिम्मेवारी दिन लागिएको हो ।
एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

यस्तो छ स्थायी कमिटी सदस्यको नामावलीः

एमालेको तर्फबाट

केपी शर्मा ओली, झापा
झलनाथ खनाल, इलाम
माधवकुमार नेपाल, रौतहट
बामदेब गौतम, बर्दिया
सुवासचन्द्र नेम्बाङ, इलाम
भीम रावल, अछाम
युवराज ज्ञवाली, दाङ
अष्टलक्ष्मी शाक्य, काठमाडौं
इश्वर पोखरेल, काठमाडौं
बिष्णु पौडेल, रुपन्देही
घनश्याम भुसाल, रुपन्देही
प्रदिप ज्ञवाली, गुल्मी
भीम आचार्य, सुनसरी
पृथ्वी सुब्बागुरुङ, लमजुङ
गोकर्ण बिष्ट, गुल्मी
योगेश भट्टराई, ताप्लेजुङ
शंकर पोखरेल, दाङ
मुकुन्द न्यैपाने, बारा
सुरेन्द्र पाण्डे, चितवन
छबीलाल बिश्वकर्मा, रुपन्देही
सत्यनारायण मण्डल, सप्तरी
किरण गुरुङ, तनहुँ
अमृत बोहरा, सिन्धुपाल्चोक
केशव बडाल, काभ्रे
सोमनाथ अधिकारी ‘प्यासी’, कास्की

माओवादी केन्द्रबाट

पुष्पकमल दाहाल प्रचण्ड, चितवन
नारायणकाजी श्रेष्ठ, गोरखा
रामबहादुर थापा, चितवन
टोपबहादुर रायमाझी, अर्घाखाँची
अमिक शेरचन, चितवन
जनार्दन शर्मा, पश्चिम रुकुम
वर्षमान पुन, रोल्पा
देवप्रसाद गुरुङ, लमजुङ
पम्फा भुसाल, ललितपुर
गिरिराजमणि पोखरेल, महोत्तरी
मातृकाप्रसाद यादव, धनुषा
अग्नि सापकोटा, सिन्धुपाल्चोक
ओनसरी घर्ती, रोल्पा
लेखराज भट्ट, कैलाली
शक्तिबहादुर बस्नेत, जाजरकोट
हरिबोल गजुरेल, सिन्धुली
लिलामणी पोखरेल, काठमाडौं
राम कार्की, झापा

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्