एमालेलाई सम्मानका आधारमा ४१ जना सदस्य बम्पर उपहार,यी-यी हुन् एकीकृत पार्टीका कमान्डर



हाम्रो इकोनोमि

आजै एकता गर्ने तयारीमा रहेका एमाले र माओवादी केन्द्रले नयाँ पार्टीको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय बनाउने निर्णय गरेका छन्। नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखी आजै निर्वाचन आयोगमा दर्तामार्फत् नयाँ पार्टीको घोषणा गरिँदैछ।

बराबरीका आधारमा एकता गर्ने माओवादी केन्द्रको अडान र बराबरीका आधारमा एकता हुन नसक्ने एमालेको दावीका बीच माओवादी केन्द्र भन्दा ४१ सदस्य बढी एमालेतर्फबाट समावेश गरेर ‘नेकपा’ बनाइँदैछ।

यसबाहेक ४३ सदस्यीय स्थायी समितिमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ सदस्य हुनेछन्। आखिर बराबरीका आधारमा एकता हुनुपर्ने दावी गरेको माओवादी कुन सिद्धान्तका आधारमा एमालेलाई केन्द्रीय कमिटीमा आफूभन्दा ४१ सदस्य र स्थायी समितिमा ७ सदस्य दिन तयार भयो होला?

स्रोतका अनुसार, एकतामा विवादित विषय मिलाउने जिम्मेवारी पाएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच केन्द्रीय कमिटीमा २–२ सय सदस्य र स्थायी समितिमा १८–१८ सदस्य बराबरीका आधारमा राख्ने सहमति भएको थियो।

त्यसमध्ये केन्द्रीय कमिटी र स्थायी समितिमा एमालेले पाएको क्रमशः ४१ र ७ बढी सदस्य सम्मानका आधारमा दिइएको हो। ‘एमालेको संगठन र सदस्य संख्या पनि धेरै छ, गत निर्वाचनमा उसको मत पनि माओवादी भन्दा बढी पाएको छ’ स्रोतले भन्यो, ‘एकता ‘सम्मानजनक’ आधारमा पनि गर्ने भनिएको थियो, एमालेले पाएको बढी सदस्य त्यसैको कार्यान्वयन हो।’

‘बराबरी’ र ‘सम्मानजनक’ आधार बाहेक दुई पार्टीबीच न्यायोचित आधारमा पनि पार्टी एकता गर्ने भन्ने सहमति छ। ‘न्यायोचित आधार’ कार्यान्वयन भने पार्टी एकतापछि हुनेछ। तत्कालका लागि ४ सय ४१ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्यीय स्थायी समिति गठन गरिएपनि दुबै कमिटीमा समेटिनुपर्ने योग्य संख्या छुट्न सक्छ।

त्यसैले, संख्या बढाएर एकिकृत पार्टीले केन्द्रीय कमिटी र स्थायी समितिमा थप नेताहरुलाई समावेश गर्नेछ। स्रोतका भनाईमा, योग्यता, क्षमता र इतिहासको न्यायोचित मूल्याङ्कन गरी स्थायी समिति र केन्द्रीय कमिटीमा उनीहरुलाई स्थान दिइनेछ।

यस्तो छ स्थायी कमिटी सदस्यको नामावलीः

एमालेको तर्फबाट

केपी शर्मा ओली, झापा
झलनाथ खनाल, इलाम
माधवकुमार नेपाल, रौतहट
बामदेब गौतम, बर्दिया
सुवासचन्द्र नेम्बाङ, इलाम
भीम रावल, अछाम
युवराज ज्ञवाली, दाङ
अष्टलक्ष्मी शाक्य, काठमाडौं
इश्वर पोखरेल, काठमाडौं
बिष्णु पौडेल, रुपन्देही
घनश्याम भुसाल, रुपन्देही
प्रदिप ज्ञवाली, गुल्मी
भीम आचार्य, सुनसरी
पृथ्वी सुब्बागुरुङ, लमजुङ
गोकर्ण बिष्ट, गुल्मी
योगेश भट्टराई, ताप्लेजुङ
शंकर पोखरेल, दाङ
मुकुन्द न्यैपाने, बारा
सुरेन्द्र पाण्डे, चितवन
छबीलाल बिश्वकर्मा, रुपन्देही
सत्यनारायण मण्डल, सप्तरी
किरण गुरुङ, तनहुँ
अमृत बोहरा, सिन्धुपाल्चोक
केशव बडाल, काभ्रे
सोमनाथ अधिकारी ‘प्यासी’, कास्की

माओवादी केन्द्रबाट

पुष्पकमल दाहाल प्रचण्ड, चितवन
नारायणकाजी श्रेष्ठ, गोरखा
रामबहादुर थापा, चितवन
टोपबहादुर रायमाझी, अर्घाखाँची
अमिक शेरचन, चितवन
जनार्दन शर्मा, पश्चिम रुकुम
वर्षमान पुन, रोल्पा
देवप्रसाद गुरुङ, लमजुङ
पम्फा भुसाल, ललितपुर
गिरिराजमणि पोखरेल, महोत्तरी
मातृकाप्रसाद यादव, धनुषा
अग्नि सापकोटा, सिन्धुपाल्चोक
ओनसरी घर्ती, रोल्पा
लेखराज भट्ट, कैलाली
शक्तिबहादुर बस्नेत, जाजरकोट
हरिबोल गजुरेल, सिन्धुली
लिलामणी पोखरेल, काठमाडौं
राम कार्की, झापा

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...