नेपाली इतिहासकै ठूलो पार्टी बनाउनु अघी मदन भण्डारीलाई सम्झिएर यसरी झोक्राए नेताहरु



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्र आजदेखि एउटै पार्टी बन्दैछन्। दुवै पार्टीको अलग-अलग अस्तित्व निर्वाचन आयोगमा नयाँ दल दर्ता भएसँगै समाप्त हुनेछ।

पार्टी एकता प्रक्रियाको अन्तिम दिन आज बिहान दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शीर्ष नेताहरु २५औं मदन-आश्रित स्मृतिसभामा सँगै भेला भए।

कार्यक्रममा मन्तव्य राखेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन-आश्रितलाई सम्झिए र पार्टी एकता हुन लागेकोमा खुसी व्यक्त गरे।

बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालय मदननगरमा आयोजित स्मृतिसभामा भेला भएका नेताहरुको अनुहारको रंग भने फुङ्ग उडेको जस्तो र मलिन देखिन्थ्यो। यो मदन-आश्रितको सम्झनामा थियो वा अहिलेसम्म हिँड्दै आएका अलग-अलग अस्तित्वका पार्टी अब इतिहास बन्दैछन् भन्ने चिन्ताको रेखा थियो त्यो भने नेताहरुकै मनभित्रको कुरा भयो।

 

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...