नेपाली इतिहासकै ठूलो पार्टी बन्दै यसरी हुदैछ एमाले–माओवादी बीच पार्टी एकता



हाम्रो इकोनोमि

मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच आज पार्टी एकीकरण हुँदैछ।

बिहीबार दिउँसो निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएपछि साँझ पाँच बजे नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने कार्यसूची तय भएको छ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो।

एमाले र माओवादीको एकीकरणबाट बन्ने नयाँ पार्टी जनमतका आधारमा नेपालको इतिहासकै ठूलो र शक्तिशाली हुनेछ।

संघीय संसद्को निर्वाचनमा सदर ८५ लाख ४८ हजार मतको ५२.३७ प्रतिशत मत एमाले–माओवादीले पाएका थिए। प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सिट छ। दुवैको जोड्दा दुईतिहाइभन्दा १० सिट कम अर्थात् १७४ सिट हुन्छ। ओली र प्रचण्डबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिह्न सूर्य रहने सहमति भएको छ।

एकीकृत पार्टीमा दुवै अध्यक्ष पार्टी प्रमुखका रूपमा रहनेछन्। दुवै सहअध्यक्षको हैसियतमा रहने सहमती छ। पार्टी बैठकको दुवैले पालैपालो अध्यक्षता गर्ने सहमति छ।

यस्तै निर्देशक सिद्धान्त ‘जनताको जनवाद’ हुने भएको छ। तर एकीकृत पार्टीको राजनीतिक प्रतिवेदनमा जनयुद्धको नेतृत्व प्रचण्डले गरेको विषय थप गरिएको छ। ‘प्रचण्डको नेतृत्वमा भएको जनयुद्धले नेपाली समाजको गुणात्मक परिवर्तनमा योगदान पु¥याएको’ विषय प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको एक माओवादी नेताले जानकारी दिए।

झापा आन्दोलन, जनआन्दोलन, जनयुद्ध, ०६२–६३ को आन्दोलनले राजनीतिक परिवर्तनमा खेलेको भूमिकाबारे राजनीतिक प्रतिवेदनमा उल्लेख छ।

दुवै दलबीच एकीकृत दलमा चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको छ । जसमा एमालेबाट दुई सय ४१ र माओवादी केन्द्रबाट दुई सयजना रहनेछन्। एकीकृत पार्टीमा ४३ सदस्यीय स्थायी कमिटी रहनेछ।

स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना सदस्य रहेनछन्। केन्द्रीय कमिटीमा एमालेको ५४ र माओवादी केन्द्रको ४६ प्रतिशत तथा स्थायी कमिटीमा एमालेको ५९ र माओवादीको ४१ प्रतिशत प्रतिनिधित्व हुनेछ। एकीकृत पार्टीमा पोलिटब्युरो भने नरहने समहती दुइ दलबीच भएको छ।

दुई नेताबीच आगामी महाधिवेशनमा नेतृत्व छनोट सहमतिमा गर्ने सहमति भएको छ। महाधिवेशनसम्म दुई अध्यक्ष रहने सहमति यसअघि नै भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...